भूमिगत शिल्पा बल्ल भेटीइन - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

भूमिगत शिल्पा बल्ल भेटीइन



काठमाडौं- पति छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा अदालतमा हालेपछि अभिनेत्री शिल्पा पोखरेल लामो समय भूमिगत थिइन्।

जिल्ला अदालत काठमाडौँले छवि र शिल्ला दुबैलाई पक्राउ पूर्जी नै जारी गर्यो।

अदालत नै पछि लागेपछि एकाएक छायांकनरत फिल्म छाडेर उनी लुकेको हल्ला बजारमा फैलियो।

धन्न सर्वोच्चले तत्काल पक्राउ नगर्नु भनिदियो र अलि सास आयो उनको।

अहिले शिल्पा केही कार्यक्रममा देखा पर्न थालेको खबर आज प्रकाशित हुने शुक्रबार साप्ताहिकले छापेको छ।

हालै कबड्डीको तेस्रो सिरिजको प्रिमियरमा उनी पनि थिइन्।

उनलाई युट्युबरले घेरिहाले। कडा कडा प्रश्नको ओइरो उनीमाथि लाग्यो। तर, उनले भने सामान्य नै उत्तर दिइन्।