कलाकार प्रकाश सपुतमाथि आक्रमण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कलाकार प्रकाश सपुतमाथि आक्रमण



काठमाडौं । कलाकार प्रकाश सपुतमाथि रोमानियामा आक्रमण भएको छ । ‘याद म्युजिक फेस्टिवल’का लागि रोमानियाको बुखारोष्ट पुगेका सपुतमाथि आइतबार एक सांस्कृतिक कार्यक्रममा बोतल प्रहार भएको हो ।

स्टेजमा प्रस्तुती दिइरहेका सपुतमाथि दर्शकको भीडमा रहेका एक व्यक्तिले पानी या क्यान वियरको बोतलले हानेका थिए । उक्त बोतल अनुहारकाे देब्रे भागको गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए। सपुतलाई बोतल हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

घटनाको केही बेरपछि प्रकाश फेरि स्टेज चढेर गीत गाएका थिए । कार्यक्रममा सहभागी एक दर्शकका अनुसार मदिरा सेवन गरेर आएका एक युवकले बोतलले हिर्काएको बताएका छन् । प्रकाशको अवस्था भने सामान्य रहेको छ ।

आयोजक टीमले केहि व्यक्तिले अराजक गतिवधि गरेपनि कार्यक्रम राम्रैसँग सम्पन्न भएको बताएको छ ।