शान्तिम कोईरालालाई लाग्यो अभियोग ,के भन्छन अभियोग बारे उनि …..
बाटोमा अग्लो कदको, झपक्क दाह्री पालेको, आफ्नै सुरमा गुनगुनाइ रहने, देख्ने बित्तिकै मुसुक्क मुस्कुराउने कोही देख्नु भयो भने शायद उनी शान्तिम कोईराला हुन सक्छन्। ओखल्ढुङ्गामा जन्मेका शान्तिमलाई समकालीन नेपाली साङ्गीतिक पारीबेशमा एक आशालाग्दा प्रतिभाका रूपमा लिइन्छ। साहित्यका पारखी र खेल प्रेमी शान्तिम आफ्नो औपचारिक गायन यात्रा ६४ साल देखी सुरु गरेको बताउछन।
२०६९ मा पहिलो एल्बम “अत्तर” बाट साङ्गीतिक अत्तर छरेका शान्तिमले बोलिचाली, बल्झी बल्झी, एउटा घाउ जस्ता गीतबाट वाह-वाही बटुलेका थिए, “सपना तिम्रो मेरो” फिल्मबाट पार्स्व गायनमा छिरेका सान्तिमले उक्त फिल्मको टाइटल गीत पनि गाएका छन् भने बिन्दास-३ फिल्ममा साँचो माया गर्छु बोलको गीत पनि गाएका छन्।
उनै शन्तिम कोइरालालाई हिमाल पोष्टले छ अभियोग लगाएको छ। अब लागौँ उनले गरेको अभियोगको खण्डन तर्फ
प्रस्तुति :किंग खनाल
सामाजिक सञ्जालमा निकै विरोध गर्नुहुन्छ अरूको, रियाक्टिभ कलाकार रे तपाईँ त?
-मलाई अपाच्य लाग्यो भने विरोध गर्छु।साम्प्रदायिक भड्काउने खाल्का अनि जानाजान कसैलाई होच्याउने खालका लेख बिचारहरू मेरा बिचार र तर्कले खण्डन गर्छु।त्यो जुन विषयमा पनि हुन सक्छ।किन भने जे पायो तेइ बोलेको देख्दा चुप लागेर बस्दा बोल्नेले अझ बढी बोल्ने छ ,जे पायो तेइ बोल्न हुन्न सोचेर बोल्न पर्छ भन्ने बनाउन पनि त्यो विषयमा ज्ञात भएको खण्डमा रियाक्क गर्छु।
शान्तिम कोइराला त निकै घमण्डी कलाकर भन्छन् नि?
– भन्नेहरू भन्ने भन्दा पनि कसले कसरी बुज्यो अनि कसरी यो निर्क्योलमा पुग्यो भन्ने कुरा हो।खासमा म संग जो जसरी प्रस्तुत हुन्छ म तेस्तै बनिदिन्छु।कसैसग सङ्गत गर्दा त्यो मान्छेले अर्काको अस्तित्व ज्ञान क्षमता प्रति सम्मान राख्दैन र मपाइत्व गरेक महसुस भयो भने म पनि उसलाई तेत्सै गर्दिन्छु।ता कि फील होस उसलाई।अनि तेइ मान्छेले मलाइ घमन्डी सन्कि भन्छ जसले आफूलाई चिन्दैन अनि मलाइ या अरूलाई चिन्न खोज्छ।म सबैलाई सम्मान गर्न चाहन्छु।
अग्रज कलाकारलाई नाता लगाएर, मीठो बोलेर, मख्ख पारेर काम लिनुहुन्छ रे?
-नाता नलगाउने चाइ मान्छे हु म।अग्रजलाई नामले बोलाउन सक्दिन सोझो आखाले हेरेर आँखा जुधाउन असहज लाग्छ वाहाहरुको योगदान धैर्यता मेरो ठाउबाट कदर र सम्मान हो यो।भावनात्मक सम्बन्धमा बोलाउने एउटा नाता त पक्कै चाइन्छ नि हैन र? रगतको नाता बाध्यात्मक हुन्छ।मन नमिले पनि ऊ मेरो फलानो हो म यस्तो ठाउँमा बस्नु पर्छ भन्ने होला।तर भावनात्मक सम्बन्ध मा हार्दिकता बढी हुन्छ।काम लिने कुरा गर्नु भयो मलाइ के लाग्छ भने काम लिने भन्दा पनि दिने कुरा हो कसैले विश्वास गरेर दिनु भयो भने पक्कै लिन्छु लिन चाइ कतै गाको आफैलाई सम्झना छैन।
कोही बिदेसिन्छन, कसैले पेसा चेन्ज गर्छन्, धेरै कलाकारको बिचल्ली देख्दा पनि किन यस्तो पेसामा लाग्नु भो?
– गीतमा आफ्नो आवाज सुन्ने प्यासले हो । बिदेसिनु पेसा फेर्नु आफ्नो आफ्नो अवस्था र परिस्थिति अनि सोचमा आयको बदलावले जुराएको बाध्यता हो भन्ने लाग्छ म नराम्रो भन्दिन ।म यो पेसामा लाग्नु चाई आत्मसन्तुस्टी हो।
सधैँ दाह्री पालेर हिड्नुहुन्छ रे, प्रेम मा धोखा खाएर यस्तो गरेको भन्ने हल्ला छ नि ?
– हाहाहाहा पैला चाइ बल्झी बल्झी भिडियोको लागि पालेको थिय।तर खासमा म लूक्समा तेति केयर नै गर्दिन सहज भयर हिड्छु ।अनि मैले देख्ने सन्सार यो भय पनि म दौडिने सन्सार भित्र छ, उज्यालो छ .शान्त छ।माया धोका भन्ने कुरा बस महसुस हो । प्रेममा धोका हुँदैन हामीले आफ्नो आशा र चाहनाको आखाले खोजे जस्तो पायनौ भने धोका सम्झिन्छम।मैले त सबैबाट माया पायको छु।
अनि साच्ची अवार्ड सोहरूमा कतै देखिनु हुन्न नि गीतहरू त राम्रै छन् त किन घमन्डि भयरै हो ?
तेस्तो हैन नि म पनि नोमिनेसनमा परेको थिय एउटा अवार्ड पाको छु त हौ ! हाहा तर मैले न कुनैमा फर्म भरे न त कुनैले पैसा मागे । पैसा नतिरि पनि नोमिनेसनमा परेछु त भन्ने भयो अनि प्रोसेस राम्रो लाग्यो बोलायपछी त गए राम्रो लाग्यो जसले पाए पनि।कुनै पनि कलाकारले म यो विधा मा अवर्ड पाउनु पर्छ भन्ने कुरा हैन भन्नू पनि हुन्न जस्तो लाग्छ ,त्यो त जनताले आयोजकले कदर गरेर सर्प्राइज गर्ने कुरा हो।याहा त कलाकार बोलाई बोलाई एउटा “क्याटागोरिको यति पैसा लाग्छ अनि प्याकेज भरेमा यति भन्दै कलाकारलाई पैसा तिरायर फर्म भराउने अनि अन्तमा मेरुदण्ड बिनाका ढाडहरूलाई अवार्ड बाढेको देखेर केही अवार्डहरू प्रति वितृष्णा भाको हो। रचना सिर्जनाको गुदि महसुस त हामी पनि गर्छम नि। यो लायक छ या छैन भन्ने कुरा नोमिनेसनमा हेर्दा हरेक रुपले कुनै एउटा सृजना रचना उत्कृस्ठ हुन्छ तर अवार्ड अर्कैलाई दिइन्छ। चर्चितलाई चर्चित राम्रोलाइ राम्रो भनेर कदर हुनुपर्ने यहाँ तेस्तो देख्दिन।खासमा सबै चर्चित राम्रो नहुन पनि सक्छ।सबै राम्रा चर्चित नहुनपनी।अफुलगायत धेरैअग्रज र समकक्षीहरूबाट पनि यै सुनेको छु फरक यत्ति हो म बोल्छु।यस्ता अवार्ड प्रति मोह नै छैन।यस्ता अवार्ड अनि अवार्डका आयोजकहरुलाइ लु गरिखानुस इतिहासले सम्झिन्छ भूमिका मात्र भन्छु।राम्रोगरी कलाकारलाई सम्मान गर्ने कदर गर्ने अवार्डहरू प्रति सम्मान गर्छु जान्छु नि।