रामजी खाँणमाथि ६ अभियोग - Himal Post Himal Post
  • १३ मंसिर २०८०, बुधबार
  •      Wed Nov 29 2023
Logo

रामजी खाँणमाथि ६ अभियोग



प्रस्तुति : – समीर प्रकाश पाण्डे

धुवा सरी, जोडी ढुकुर, पछ्यौरी लेउ बैना, ढल्के बर, दामी देखिन्छ, फुल फुलेर, धर्ती एउटै छ, वन फुल मैले कसो गरु जस्ता थुप्रै गीतहरुमा आफ्नो स्वर दिएका गायक हुन रामजी खाँण । उनको स्वर मात्र हैन संगीत र मोडलिङको पनि चर्चा कम छैन । उनले अभिनय गरेका गीतहरु पछिल्लो समय नेपाली गीत संङ्गीतको बजारमा राज गरिरहेका छन्  ।

स्याङ्जा जिल्लामा जन्मिएका गायक रामजीको सांगीतिक यात्रा २०५८ सालबाट सुरु भएको हो । उनले झरना संगीत प्रा. लि बाट पहिलो गीति एल्बम ‘वालिङ बजारमा’  बजारमा पठाएका थिए त्यसपछि भने उनको स्वरमा धेरै गीतहरु बजारमा आउन थाले र दर्शक श्रोताको मिठो साथ पाए ।

प्रस्तुत छ, नेपाली लोक सङ्गीतको जगतमा सबै भन्दा ठुलो पुरस्कार राशी रहेको रियालिटी शाे ‘नेपाल लोक स्टार’ को जजमा  समेत रहेका उनै चर्चित गायक रामजी खाँणलाई हिमाल पोस्टले लगाएको ६ अभियोग र उनले अभियोगमाथि दिएको प्रष्टोक्ति

१) नयाँ पन दिन नसक्ने तर,  एउटै गीतलाई बङ्गाएर बजारमा ल्याउँछन रामजीले भन्ने आरोप छ नि ?
– खासगरी म व्यावसायिक गायक हुँ। विभिन्न सर्जकहरुको गीतहरुमा मेरो आवाज हुनेहो र थोरै मात्र मेरो आफ्नो सङ्गीतमा छन्, पृथक गीतहरु छन् र आफ्ना गीतहरुमा आफ्नो पन आउनुलाई अन्यथा लिनु पर्छ जस्तो लाग्दैन ।

२) सेटिङ मिलाएर लोक स्टारको जज बने रामजी भन्ने हल्ला छ नि बजारमा ?
-मेरो २ दशक लामो संगीत यात्राको मूल्याङ्कन पनि होला जस्तो लाग्छ मलाइ जजको रुपमा अघि सार्नु । आगामी दिनमा मरो सङ्गीतप्रतिको निरन्तरता थप उचाईमा पुग्नेगरि काम गर्नेछु। सेटिङ् मिलाएर जज बस्ने मन्त्र म सँग छैन , त्यस्तो सेटिङ् मिलाउने खुबी नहुनेले गर्ने काम हो ।

३) गायनबाट आम्दानी नभएर मोडलिङतिर लागेको आरोप छ नि ?
-सङ्गीत भित्रकै एक हिस्सा मोडलिङ भएकोले यो पनि मौका मा चौका मात्रै हो । मेरो गायननै मुख्य हो र यसैमा समर्पित छु ।

४)आयोजकसँग महङ्गो डिमान्ड गर्ने गरेको आरोप पनि लाग्छ नि तपाइलाई बेला बेला ?
-समय अनुसारको माग मात्रै हो अन्यथा केहि त्यस्तो हैन, आयोजक ज्युको मन दुखाउने र आयोजक ज्युहरुले मेरो मन दुखाउने काम भएको छैन हुन दिने छैन ।

५) आफू कलाकार भएर अरु कलाकारलाई गन्नुहुन्न भन्ने आरोप छ नि ?
-अग्रजको सम्मान गर्नुपर्छ, अनुजलाई माया गर्नुपर्छ, मेरो मुल मन्त्र यहि हो समय मिलेको बेला अग्रजहरुसंग बसेर गीत सङ्गीतकै बारेमा छलफल गरेको हुन्छु । निरन्तरता पनि यसैलाइ दिन्छु ।

६) खुस्स पिउनुहुन्छ होलानी, कलाकारहरुको जमघट नै त्यस्तैमा हुन्छ भन्छन ?
– जमघट तिर .. हाहा रमाईलो प्रश्न गर्नु भो, प्रश्नमा नसोधे चाहिँ राम्रो होला ।

अन्त्यमा,
धेरै धेरै धन्यवाद हिमाल पोस्टलाई समीर प्रकाश पाण्डे जिलाई, मलाई हिमाल पोस्टले लगाएको अभियोगमा केहि  अवसर दिनु भएकोमा ।