बद्री पंगेनीमाथि लाग्यो ६ अभियोग ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बद्री पंगेनीमाथि लाग्यो ६ अभियोग !



राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका चर्चित लोक गायक बद्रि पंगेनीले पछिल्लो समय केही विवादहरू झेलेका छन् । कहिले ज्योति मगरलाई छोटा लुगा नलगाउ भनेर र कहिले जुवाको खालमा भेटिएको हल्लाले । सै पनि एमाले भन्ने गीतले चर्चा सँगै ल्याएको विवाद पनि उनले झेले ।

त्यो मात्र हैन पछिल्लो समय उनी प्रतिष्ठानको अध्यक्ष भएपछि केही कलाकारको गुनासो पनि छ कि मेला महोत्सवमा राजनीति बढी चल्न थाल्यो । यस्तै जनताका सवाललाई अभियोग बनाएर हिमालपोष्टले ६ वटा अभियोग लगाएको छ ।

प्रस्तुत छ चर्चित कलाकार बद्रि पंगेनीलाई लगाएका अभियोग र उनको स्पष्टीकरण जस्ताको त्यस्तै:-

प्रस्तुति:- राजीव भुसाल

 

  • बद्री जी, पहिले पहिले गीत गाएर जनताको आँसु झार्नुहुन्थ्यो, अहिले त भोट झार्न थाल्नु भएछ नि ?

: हा हा हा त्यस्तो होइन मलाई सबै जनताले माया गरेर जनताको गायक भन्नुहुन्छ। पहिला पहिला विरहको गीत गाइयो त्यतिबेलाको माहौल पनि त्यस्तै थियो, अहिले समय अलि परिवर्तन भएको छ। र रह्यो अर्को कुरा भोट झार्ने भन्नू भयो, म एउटा व्यावसायिक कलाकार भैसकेपछी कार्यक्रममा बोलाएपछि म जानू कर्तव्य पनि हो र अर्को कुरा म आफ्नो पारिश्रमिक लिएर मात्रै म गाउँछु, निःशुल्क गाउँदिन।
केही राजनीतिक दलहरूको कार्यक्रममा जाँदा त्यही अनुसारको गीत गाउँछु । हो म हरेक दलको कार्यक्रममा गाउँछु, एमालेको कार्यक्रममा गाउन हुने अरूमा गाउन नहुने भन्ने हुँदैन।

  • बद्री पंगेनी भनेको पदको हिसाबले संस्था हो नि, किन पार्टीका गीत गाउन जानुभो ? कि अन्य गीत नचलेर हो ?

:तपाईँले कुरा गरिहाल्नु भो बद्री पंगेनी पदको हिसाबले संस्था हो नै, तर पनि हजुरलाई के स्पष्ट पार्न चाहन्छु भने म अघि नै भनिसके व्यावसायिक कलाकार भएपछि मैले यो पार्टीको गीत गाउँछु उसको गाउँदिन भन्न मिल्दैन । अनि अर्को कुरा के भने मैले कुनै आपराधिक संघठनको गीत त गाएको छैन नि, बकाईदा निर्वाचन आयोगमा दर्ता भएको पार्टीको गीत गाएको छु, र अर्को कुरा अन्य गीत नचलेर हो कि भन्नुभो तपाईँले कुन हिसाबले भन्नू भो त्यो थाहा भएन मेरा अन्य गीतहरू पनि चलेका छन, जस्तै रातो पछ्यौरी, मायाले झुक्कायो, थपिथपी दिउँला, पनि राम्रोसँग चलेको छ त । पछिल्लो समयमा आएको पानी सलललाई पनि रुचाउनुभएको छ।

  • तपाईं कहिले पार्टीका गीत गाउने, कहिले जुवा खालमा भेटिने अनि ज्योति मगरलाई छोटोे लुगा नलगाउ भन्न सुहाउँछ ?

: त्यहाँ म पक्राउ परेको थिएन । हाम्रा केही साथीहरू पक्राउ परेको थाहा पाएपछि म त्यहाँ गएको थिएँ, प्रहरी कार्यालयमा । त्यहाँ मलाई पनि देखेपछि लौ बद्री पंगेनि पनि पक्राउ पर्‍यो भन्ने गलत हल्ला फैलाइयो । यसमा म दुखित पनि छु । मलाई खाँदै नखाएको विष लाग्यो । र अर्को कुरा ज्योति मगर को कुरा उठाउनु भयो हजुरले । म ज्योति बहिनीलाई एकदम सम्मान गर्छु, तर अलिकति गीत गाउँदा चाहिँ अलि ख्याल गरिदिनुहोला भन्न चाहन्छु । र पहिरनमा धेरै गुनासो छ मैले त यस्तो नगर्नुस् बहिनी भनेको नै छु, उहाँले सो कुराको मूल्याङ्कन गर्नु नगर्नु उहाँको कुरा हो।

  • कार्यक्रममा कतिपय कलाकारको नाम काटेर मन परेका मोडल र कलाकार राख्न लगाउनुहुन्छ भन्छ्न नि कलाकार ?

: यो सरासर गलत कुरा हो । बद्री पंगेनिलाई कसरी नराम्रो बनाउ भन्नी गलत खेल मात्र हो । मैले आजसम्म कोही कलाकारको पनि नाम काटेर यो मेरो मान्छे हाल्नु पर्‍यो भनेर कहिले पनि भनेको छैन । यदि त्यसो भनेको केही प्रमाणहरू पाउनु भो भने म जस्तो सुकै सजाय भोग्न तयार छु।

  • मेलामहोत्सबमा पनि राजनीति र प्यानल चल्न थालेछ नि तपाईँ अध्यक्ष भएको प्रगति होला नि हैन ?

: मेलामहोत्सबमा राजनीति भएको अवश्य पनि हो । म पनि स्वयम् धेरै चोटि सिकार भएको छु । प्राय मेलामहोत्सब गर्ने भनेको विभिन्न व्यापार संघठनले हो । त्यहाँ भित्र पनि विभिन्न राजनीति निकट र आस्था भएका ब्याक्तीहरुबाट मेलामहोत्सब आयोजना गरिने हुँदा त्यस्तो भएको हो । तर म अध्यक्ष भएर भएको भन्नू गलत हो ।

  • घरदेखि प्रतिष्ठानसम्म एकाधिकार लगाउन खोज्छन बद्रि पंगेनी भन्छन् नि ?

:हाहाहा त्यस्तो होइन बद्री पंगेनिले एकाधिकार लगाउन खोज्यो भन्नू सरासर गलत आरोप हो । म अचम्म पर्छु किन यस्तै आरोप आउँछ मलाई भनेर । म भने सबैलाई सहयोग गर्छु तर पनि अरोप लगाउने को पछि म पर्दिन बद्री पंगेनि निरन्तर अगाडी बढ्छ। आफू सही हुनुपर्यो एकाधिकार लगाएको कुरा सबै गलत हो।