सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३१) - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३१)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

नादत्ते कस्यचित्पापं न चैव सुकृतं विभुः।
अज्ञानेनावृतं ज्ञान तेन मुह्यन्ति जन्तवः।।१५।।
ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः।
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम्।।१६।।

ईश्वर्‌ले न त लिन्छ पाप अथवा पुण्यै कसैको यहँ
मायाले गरि ज्ञान ढाकिई परे प्राणी सबै मोहमा।
आफ्नै ज्ञान बढेर जुन पुरुषको अज्ञान तम् हट्तछ
स्पष्टै पारी चिनाइदिन्छ उसका त्यस् ज्ञानले ईश्वर।।९।।

तदुबुद्धयस्तदात्मानास्तन्निष्टास्तत्परायणाः।
गच्छन्त्यपुनरावृत्तिं ज्ञाननिर्धूतकल्मषाः।।१७।।
विद्याविनयसंपन्ने ब्राह्मणे गवि हस्तिनि।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः।।१८।।

जस्‌का मन् अनि बुद्धि ब्रह्ममय छन्, निष्ठा छ ब्रह्मैतिर
जान्छन् फेरि नफर्कने गरी तिनी ज्ञान्‌ले बनी निर्मल।
गाई, हात्ती, कुकुर् र नैष्ठिक बडा ब्राह्मण् र चण्डाल यी
एकै हुन् भनिठान्दछन् बुझ सखे ! ज्ञानी, बुढा, बुझ्झकी।।१०।।

इहैव रैर्जितः सर्गो येषां साम्ये स्थितं मनः ।
निर्दोषं हि समं ब्रह्म तस्माद्‌ब्रह्मणि ते स्थिताः।।१९।।
न प्रहृष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम्।
स्थिरबुद्धिरसंमूढो ब्रह्मविद् ब्रह्मणि स्थितः।।२०।।

जस्‌को मन समभावपूर्ण छ यहीँ यो सृष्टि जित्छन् तिनी
निर्दोषी र समै छ ब्रह्म त्यसले हुन् ब्रह्मनिष्ठै पनि।
जो ब्रह्मज्ञ र ब्रह्मनिष्ठ छ, सधैँ राखेर बुद्धि स्थिर
मिल्दा इष्ट तथा अनिष्ट नबनोस् हर्षित् कि वा दुःखित।।११।।

बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम्।
स ब्रह्मयोगयुक्तात्मा सुखमक्षयमश्नुते।।२१।।
ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते।
आद्यन्तवन्तः कौन्तेय न तेषु रमते बुधः।।२२।।

जस्‌को मन् विषयोपभोगहरूमा फँस्तैन त्यै मानिस
हो ब्रह्मनिष्ठ र आत्मनिष्ठ, उसले अक्षय्य सुख् पाउँछ।
हे अर्जुन् ! विषयोपभोगहरू सब् हुन् दुःखका कारण
नासिन्छन् छिनमै तसर्थ यिनमा भुल्दैन ज्ञानी जन।।१२।।

(क्रमशः)