भारत टेकेलगत्तै ऋषि सुनकले भने- म हिन्दु भएकोमा गर्व छ - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भारत टेकेलगत्तै ऋषि सुनकले भने- म हिन्दु भएकोमा गर्व छ



काठमाडौं- बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफू हिन्दु भएकोमा गर्व लागेको बताएका छन् । सुनक जी–२० देशको शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आइपुगेका छन्।

भारत आएलगत्तै उनले हिन्दु र हिन्दुत्वबारे बोलेका हुन् । यस क्रममा उनले आफू हिन्दू भएको देखि विभिन्न विषयमा बोलेका थिए । उनले खलिस्तान र व्यापारसम्म सबै महत्त्वपूर्ण विषयमा बताएका छन्।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले आफू हिन्दू हुनुमा गर्व लाग्ने गरेको बताए, उनले भने, ‘म एक हिन्दू हुनुमा गौरवान्वित छु र म यसैगरी हुर्केको थिएँ र यस्तै छु। मलाई आशा छ- आगामी केही दिन यहाँ बस्दा कुनै मन्दिरको दर्शन गर्न पाउनेछु।’