एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा



काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।

उनले बिहीबारको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई आफू अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएका हुन्।

जवाफमा अध्यक्ष ओलीले आफूले अध्यक्ष पद नछाड्ने तर पोखरेललाई उठ्नसमेत नरोक्ने बताएका थिए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी मंसिर ८ मा सार्वजनिकसभा गरेरै एमाले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्ने उनीनिकट स्रोतले जानकारी दिएको छ।

राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेरै अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।