सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२५) - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-२५)



~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~

एवं ज्ञात्वा कृतं कर्म पूर्वैरपि मुमुक्षुभिः।
कुरु कर्मैव तस्मात्त्वं पूर्वैः पूर्वनरं कृतम्।।१५।।
किं कर्मकिमकर्मेति कवयोऽप्यत्र मोहिताः।
तत्ते कर्म प्रवक्ष्यामि यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात्।।१६।।

पैलेका चतुरा मुमुक्षुट जनले जाने र यो सब् कुरो
आफ्ना कर्म गरे, तिमी गर यिनै पुर्खाहरूको सिको।
के हो कर्म र के अकर्म नबुझी पण्डित्‌हरू नै पनि
भुल्छन्, तत्त्व म दिन्छु त्यो लिन सके पाप्‌देखि छुट्छौ तिमी।।९।।

कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यं च विकर्मणः।
अकर्मणश्च बोद्दव्यं गहना कर्मणो गतिः।।१७।।
कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः।
स बुद्धिमान्मनुष्येषु स युक्तः कृत्स्‍नकर्मकृत्।।१८।।

के हो कर्म र के विकर्म पनि हो, के अकर्मै पनि
जान्नैपर्दछ, कर्मको गति तिमी ठाने जटिल् हो भनी।
कर्मैभित्र अकर्म देख्छ जसले कर्मै अकर्मैमहाँ
त्यै हो विज्ञ, मनुष्यमाझ, त्यही नै हो कर्मयोगी यहाँ।।१०।।

यस्य सर्वे समारम्भाः कामसंकल्पवर्जिताः।
ज्ञानाग्निदग्धकर्माणं तमाहुः पण्डितं बुधाः।।१९।।
त्यक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रयः।
कर्मण्यभिप्रवृत्तोऽपि नैव किञ्चित्करोति सः।।२०।।

जस्‌ले गर्दछ कर्म, नित्य, फलको आशा नराखीकन
ज्ञान्‌ले कर्म विनष्ट बन्छ उसको तत्त्वज्ञ त्यै हो जन।
नित्यै तृप्त रहेर कर्मफलको आसक्ति छाडीकन
जसले कर्म गरी रहन्छ उसले गर्दै क्यै अर्जुन ! ।।११।।

निराशीर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रहः।
शारीरं केवलं कर्म कुर्वन्नाप्‍नोति किल्बिषम्।।२१।।
यदृंच्छालाभ संतुष्टो द्वन्द्वातीतो विमत्सरः।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते।।२२।।

आशा केही नराखी कर्मफलको, मन्, चित्त रोकीकन
यी कर्मेन्द्रिय चालु मात्र गरिए लाग्दैन दोष् अर्जुन।
दैवेच्छावश जे मिले पनि खुसी बद्लिन्न सुख्‌दुःखले
एकै ठान्छ असिद्धि सिद्धि जसले बाँधिन्न ऊ कर्मले।।१२।।

(क्रमशः)