यस्ता थुप्रै फिल्म छन्, जो चल्दैनन् भन्ने सलमानलाई पहिलेनै थाहा हुन्छ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

यस्ता थुप्रै फिल्म छन्, जो चल्दैनन् भन्ने सलमानलाई पहिलेनै थाहा हुन्छ



एजेन्सी- बिग बस १३ को पछिल्लो विकेन्डको वार एपिसोडमा फिल्म बालाका स्टारकास्टको उपस्थिती रह्यो । आयुष्मान खुराना, भूमि पेडनेकर र यामी गौतमले सलमान खानको शोमा निकै रमाइलो पनि गरे ।

बिग बसको सेटमा बालाको टिमले सुरुमा त खेसारी लाल यादवलाई प्रश्न गरे त्यसपछि आयुष्मान खुरानाले सलमान खानलाई टेढो प्रश्न सोधे । आयुष्मान खुरानाले सलमान खानलाई सोधे, ‘कुन फिल्मको सुटिङको पहिलो दिन नै तपाईंलाई यो फिल्म चल्दैन भनेर थाहा थियो ?’

यसको जवाफ दिँदै सलमानले भने, ‘यस्ता थुप्रै फिल्म छन् ।’ आयुष्मानले एउटा फिल्मको त नाम लिनै पर्छ भनेर कर गरेपछि उनले भने, ‘सूर्यवंशी’ । आयुष्मान र भूमिले उनीहरुलाई सूर्यवंशी फिल्म निकै मनपर्ने बताए । आयुष्मानले सूर्यवंशीको डायलग पनि बोले ।

स्मरण रहोस्, सलमान खान, अमृता सिंह स्टारर फिल्म सूर्यवंशी सन् १९९२ मा रिलिज भएको थियो । यसको निर्देशन राकेश कुमारले गरेका थिए । सलमान खान, अमृता सिंहबाहेक फिल्ममा शिबा आकाशदीप, सईद जाफरी महत्वपूर्ण भूमिकामा थिए ।