रे जेडआर सिरिजको स्ट्रिट र्‍याली बजारमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रे जेडआर सिरिजको स्ट्रिट र्‍याली बजारमा



लोकेन्द्र रावल / टीकापुर,कैैैलाली ।
नेपालका लागी यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले रे जेडआर सिरिजको स्ट्रिट र्‍याली बजारमा ल्याएको छ ।

रे जेड आर स्ट्रीट ¥याली मुख्यतया रातो र रेसिङ ब्लु गरी दुई रङ्गमा उपलब्ध रहेको छ । स्कुटरमा १ सय १३ सिसिको ब्लु कोर इन्जिन रहेको छ जसले गर्दा उत्कृष्ट पिक अप र उत्कृष्ट माइलेज दिने यमाहा कम्पनीको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका एरिया सेल्समेन भानुभक्त चौधरीले बताउनुभयो । चौधरीले, ‘रे जेड आर ‘स्ट्रीट र्‍याली’ संस्करण पावर र स्टाइलको उत्कृष्ट समिश्रण भएको बताउनु भयो ।’

रे जेड आर “स्ट्रीट र्‍याली “ स्कुटरमा चालकको हातको सुरक्षाको लागि नकल गार्ड , थप स्पोर्टी र आकर्षक डिजाइनका लागि बोल्ड न्यु भाइजर, आवश्यक जानकारीहरु समावेश भएको आर्कषक ककपिटका लागि डिजिटल इन्स्ट्रयुमेन्टल र आकर्षक डिजाइन र पूर्ण आत्मविश्वासी बेक्रिङका लागि फ्रन्ट डिस्क ब्रेक एन्ड एलोई ह्विल रहेको सेल्समेन चौधरीले बताउनुभयो ।

यमाहा कम्पनीको आधिकारिक बिक्रेता जानकी ट्रेडर्स एण्ड सप्लायर्स टीकापुरले एक कार्यक्रमको आयोजना गरि एमएडब्लु इन्टरप्राइजेजले बजारमा ल्याएकोे रे जेड आर स्ट्रीट ¥याली नामक स्कुटरको उद्घाटन गरेको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) शिववहादुर सिंहले स्कुटरको अनावरण गर्नुभएको थियो ।

जानकी ट्रेडर्स एण्ड सप्लायर्स टीकापुरले बुधबारदेखि नै टीकापुर र लम्कीमा सो स्कुटी बिक्रि बितरण शुरु गरेको शोरुमका प्रो पराइटर अनिल रावलले बताउनुभयो । उहाँले रे जेडआर ‘स्ट्रिट ¥याली’ स्कुटरको मुल्य रू. २ लाख ८ हजार ९ सय रहेको पनि बताउनु भयो ।