जापानको चर्चित ब्राण्ड 'पाइतेन'को शोरुम अब काठमाडौंमा
बैसाख २० काठमाडौं
जापानको चर्चित ब्राण्ड पाइतेनको नेपालमा विक्रि शोरुम सञ्चालनमा आएको छ । बौद्धमा रहेको उक्त शोरुमको नेपालका लागि जापनीज राजदुत मासासी ओगाआ र नायिका स्वेता खड्काले रिवन काटेर उद्घाटन गरेका हुन् ।
जापानीज प्रोडक्ट पाइतेनको शोरुम उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै नेपालका लागि जापनीज राजदुत मासासी ओगाआले पाइतेनको उत्पादनहरु स्वस्थ्यका लागि उपयोगी भएको हुँदा यसबाट नेपालीहरुले फाइदा लिनसक्ने विश्वास व्यक्त गरे । सोहि कार्यक्रममा बोल्दै नायिका स्वेता खड्काले भनिन् ‘जब म दुःखको घडीमा थिएँ । त्यतिबेला मैले ‘पाइतेन’ प्रोडक्टकै सामाग्रीहरु प्रयोग गरेको थिए । यसबाट आफुलाई धेरै नै उपयोगी सिद्ध भएको बताइन् ।
पाइतेनको नेपालका लागि आधिकारिक विक्रेता एन.एम.सि. युनिर्भसल प्रा.लिका प्रबन्ध निर्देशक ग्याल्जेन लामाले पाइतेन कम्पनिका उत्पादनहरु नेपालीका लागि एक दम उपयोगी रहेको बताए । हाम्रो स्वास्थ्यलाई ध्यानमा राखेर प्रविधिको प्रयोग गरेर उत्पादन गरिएको उनले जानकारी दिए । हामीलाई आवश्यक पर्ने विभिन्न वडी केयर, हेयर केयर, रिङ, ब्रास्लेट लगायतका वस्तुको उत्पादन गरिरहेको छ ।
यसले हाम्रो शरिरलाई सजिलो महशुस हुनुका साथै फाइदा पनि गर्दछ । सबै उत्पादनहरु प्रविधिको प्रयोग गरेर उत्पादन गरिएको उनले जानकारी दिए ।
उनले थपे पूर्णरुपमा हाम्रो स्वास्थ्यलाई हानि नहुने धातुको प्रयोग गरिएको छ । मेटाक्स, टिटान, गोल्ड, सिल्भर, पाल्लाडियम, प्लाटिनम जस्ता धातुको प्रयोग गरिएकोले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा हुन्छ । पाइलट, कलाकार, जेष्ठ नागरिक तथा आम मानिसहरुलाई यो उपयोगी छ ।
‘पाइतेन’ कम्पनीका सामाग्रीहरुले ‘ब्रासलेट, नेकलेस’ प्रवधियुक्त कपडा, लगायतका विभिन्न प्रोडक्ट उक्त शोरुममा पाइनेछ ।