भारतबाट घटेर आयो इन्धनको मूल्य, निगमले के गर्ला ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भारतबाट घटेर आयो इन्धनको मूल्य, निगमले के गर्ला ?



भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटेको सूची पठाएको छ।

आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको छ।

यस पटक पनि घटेर मूल्यसूची आएपछि नेपालको बजार मूल्य कम गर्न निगमलाई दबाब परेको छ।

यसअघि घटेर आउँदा निगमले घाटा धेरै रहेको भन्दै मूल्य समायोजन गरेको थिएन।यस पटक इन्धनको मूल्य घटाउने तयारी निगमले गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहेको छ। त्यहीअनुसार आईओसीले घटेको मूल्यसूची पठाएको हो।