पार्वती राईलाई ६ अभियोग ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पार्वती राईलाई ६ अभियोग !



अहिले निकै चर्चामा रहेकी डान्सर तथा मोडल पार्वती राई यति बेला निकै नै व्यस्त छन् । मेला, महोत्सव, कार्यक्रम, म्युजिक भिडियो तथा विज्ञापनमा केही वर्ष यता एक छत्र राज गरेकी उनै पार्वती राईलाई हिमाल पोष्टले ६ वटा अभियोग लगाएको छ ।

प्रस्तुत छ ऊनीमाथि लागेका अभियोगको उनी आफैले गरेको खण्डन जस्ताको तस्तै

प्रस्तुति:- किङ खनाल

 

१. धेरै जसो नृत्यङ्गनाको जागिर धरापमा पार्दिनु भो भन्ने आरोप छ नि ?

आरोप, त्यो पनि मलाइ कसैको जागिर धरापमा पारेको ? हाहाहाहा मलाइ त त्यस्तो लाग्दैन आफ्नो भाग खाइन्छ, कसैको भाग खोस्ने चलन छैन । छक्याएर खान पनि आउदैन र खाना पनि नपरोस हजुर….

मेहनत गर्छु, लगनशील भएर काम गर्छु र त समस्त दर्शक र फ्यानहरुले मेरो कला मन पराइदिनु भएको छ । अहिले सम्म कामको पछाडि म हैन मेरो पछाडि काम दौडिरहेको अवस्था छ, पाएको मौका कसले छोड्छ हौ ? चान्स मा डान्स त हान्ने पर्र्यो नि हैन र ?

२. नाचेर ज्यान पाल्न कत्तिको सजिलो रैछ ?

त्यो त ज्यान हेरेरै अड्कल लगाउने कुरा हो नि, हाहाहा… पहिले भन्दा राम्रै छ विदेश प्रोग्रामहरु, मेला महोत्सबहरु, अनि म्युजिक भिडियो पनि उस्तै छ । कहिले काहीं एडहरु पनि सुटिङ गर्दा आम्दानी राम्रै हुन्छ । टप फाइभ भित्रका कलाकारको जिवनस्तर राम्रै हुन्छ र सेटल पनि छन् ।

३. चानचुने केटाले त पार्वतीलाइ नआँटे हुन्छ भन्दा रैछन नि त्यस्तो खत्रा कसरी हुनुभो ?

कस्तो केटालाई चानचुने भन्छन् हौ ? साधारण चाहिँ भानिन्छ होला चानचुने त खुद्रा पैसालाई पो भानिन्छ नि ।
मलाइ साधारण केटाहरू नै मन पर्छ धेरै नभएको शोअप गर्ने भन्दा ।
म अलिक इन्डीपेन्डेस सोभाबको छु, संसार देखेको छु, चिनेको छु त्यसैले म सँग मित्रता गाँस्न अड मान्दा रैछन या भनौ मलाइ जीवनसाथी बनाउदा इन्सेक्युर फील गर्दा रैछन जस्तो मलाइ लाग्छ । अरूलाई चाहिँ म खतरा नै लाग्दो रैछु । राम्रो मा राम्रो र नराम्रोमा नराम्रो समय परिस्थिति अनुसार एक्सन लिन चाहिँ आउँछ मलाइ ।

४. तपाईँ एकदम कन्जुस हुनुन्छ रे यस्तो किन ?

खाँदै नखाई, लगाउदै नलगाई कन्जुसाई गर्दिन । खाएर लगाएर उभ्रेको धन सेभिंङ चाहिँ गर्छु । दुख गरेर कमाएको धन अनावश्यक कुरामा खर्च गर्न मन लाग्दैन रहेछ ।
मेरो बाबाले भनेको एउटा कुरा गजब लाग्छ मलाइ “कमाउनु ठुलो कुरा होइन बचाउनु बुद्दिमानी हो छोरी” बचेको पैसालाई सही ठाउँमा चाइएको बेला सदुपयोग गर्नु या लगानी गर्नु उत्तम हो ।
छोटकरीमा भन्दा अँध्यारोमा ५ रुपैयाँ हराएर १० रुपैयाको मैनबत्ति बालेर खोज्ने मान्छे होइन म ।

५. दर्शकले तपाईँ भनेपछि हुरुक्कै हुन्छन् तपाईँ चाँइ दर्शकलाई बाल दिनुहुन्न रे किन ?

हरे, कस्तो हुँदै नभएको आरोप पनि सुन्न पर्छ मलाइ ? म त झन् मेरो दर्शक नै मेरो भगवान् भन्ने गर्छु, कसरि बाल नदिनु हौ ? भगवान् रिसाए त सक्की गो नि ।

६. खास के जादु गर्नुहुन्छ नाचमा दर्शक मन्त्रमुग्ध हुनेगरी ?

जादु गरे जस्तो त लाग्दैन, तर जब म स्टेजमा उत्रन्छु म आफूमै हराउँछु । गीतको शब्द शब्दमा डुब्छु त्यसको सङ्गीतमा रमाउछु, तालमा ताल मिलाएर झुम्छु, कहिलेकाहीँ लाग्छ कि नाट्यस्वरी नै उत्रे जस्तो म भित्र, नाच्ने मान्छे सबैलाई तेस्तो लाग्छ कि मलाइ मात्र हो थाहा छैन ।