ह्वात्तै घट्यो निफ्राको शेयर मूल्य: किन्ने कोहि छैनन् - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

ह्वात्तै घट्यो निफ्राको शेयर मूल्य: किन्ने कोहि छैनन्



काठमाडौं- निरन्तर बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य मंगलबार एकाएक घटेको छ ।

मंगलबार निफ्राको मुल्य १० प्रतिशतले घटेको हो। बढेको समयमा किन्नेको संख्या अत्यधिक भएपनि अहिले भने किन्ने कोहि भेटिएका छैनन् ।

कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो।

सुरुआतमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगे पनि ठूला लगानीकर्ताले बेच्न थालेपछि अन्ततः मूल्य ह्वात्तै घटेको हो।

१० प्रतिशत मूल्य घटेपछि मूल्य अहिले ५९४ रुपैयाँमा फर्किएको छ। सो मूल्यमा करिब ३ लाख कित्ता बेच्नका लागि तयार रहँदा किन्ने कोही छैनन्। बेच्नेतिर संख्या बढ्दै गइरहेको छ।