परदेशी सर्जक सिग्देलको मर्मस्पर्सी गीत “नेपाल तिरै जाम ” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

परदेशी सर्जक सिग्देलको मर्मस्पर्सी गीत “नेपाल तिरै जाम ” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे
विगत लामो समयदेखी जापानको शहर फुकुओका बस्दै आएका सर्जक तथा गायक माधब सिग्देलले लोकदोहोरी गीत ‘नेपालतिरै जाम’ सार्वजनिक गरेका छन् ।

चर्चित लोकदोहोरी गायक राजु ढकाल र लोकप्रिय गायिका देवी घर्ती मगरको आवाजमा रहेको गीतमा शब्द संगित भने माधब सिग्देल आफैले गरेका छन् ।

युवाहरु विदेशीएर भोग्नु परेको यथार्थ घटनालाई गीतमा प्रस्तुत गरिएको छ । चर्चित मोडल अन्जली अधिकारी र माधब सिग्देलको अभिनय रहेको उक्त म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

जापानको छायांकनमा दिपक देवकोटा ,नेपाल छाँयाकन दुर्गा पौडेलले गरेका हुन भने सम्पादन विष्णु शर्माले गरेका छन् ।साहि भिजन प्रा.लि द्वारा निमार्ण गरिएको भिडियोलाई सर्जक तथा गायक माधब सिग्देलले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । भिडियो हेर्नुहोस :