एनआरएनए ओसेनिया क्षेत्रीय उप-संयोजकमा नबिन कंडेलको उम्मेदबारी घोसणा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

एनआरएनए ओसेनिया क्षेत्रीय उप-संयोजकमा नबिन कंडेलको उम्मेदबारी घोसणा



नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन यही १५-१७ अक्टोवर २०१९ मा काठमाडौँमा हुदैछ । “म, मेरो एनआरएनए, र मेरो नेपाल”नारा सहित काठमाडौँमा हुने सो महाधिवेशनले आगामी कार्यकालको लागी निर्वाचन समेत गर्दैछ। निर्वाचनको लागी सामाजिक संजाल बाट उम्मेदबारी घोसणा गर्ने क्रम जारी छ। यसै बीच एनआरएनए अस्ट्रेलियाका पूर्व उपाध्यक्ष नबिन कँडेलले क्षेत्रीय उप-संयोजक पदमा उम्मेदबारी दिने घोसणा गरेका छन।

नेपालको बाग्लुंगमा जन्मेका कँडेलले सन् २००९ देखी गैर आवासीय नेपाली संघको अभियानमा जोडिएका हुन । चितवनमा हुर्किएका कँडेलले सन् २००७मा अस्ट्रेलिया आए देखी नै सामाजिककार्यमा सकृय रहदै आएका छन्। कँडेलले २०१५-१७ मा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष, २०१३-१५मा साउथ अस्ट्रेलिया राज्य समिति सल्लाहकार, २०१७-१९ मा आईसीसी टाक्स फोर्स सदस्य भएर काम गरेका छन भने नेपालमा समेत विभिन्न सामाजिक सँस्थाहरुमा सहभागी रहेका थिए।