मोदीसँग शाहरुख खान र अमिर खान एकसाथ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मोदीसँग शाहरुख खान र अमिर खान एकसाथ



एजेन्सी- बलिउड स्टार अमिर खान सितिमिति फिल्ममा अभिनय गर्र्दैनन् । जब उनी अभिनय गर्छन् त्यो फिल्मबाट तरंग नै ल्याउँछन् । उनी हरेक फिल्ममा नयाँ हाउभाउ र शैलीका साथ प्रस्तुत हुन्छन् ।

अमिरले फिल्मकै लागि शरीर सीक्स प्याक बनाउने देखि दुब्लाउने सम्म गरेका छन् । यसपटक उनी दार्ही झ्याप्पै पालेको अवस्थामा भेटिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड स्टारहरुसँग सामूहिक भेट गर्दा अमिर निकै गम्भीर मुद्रामा देखिन्थे । उनको दार्हीले पनि त्यस्तो देखाएको हो । अमिर लामो दार्ही पालेको अवस्थामा देखिएका थिए । साहरुख खानले सेल्फी खिच्दा मोदी र अमिर साथ थिए ।

तीनवटा खानमध्ये साहरुख र अमिर मोदीसँगको भेटमा सहभागी थिए । मोदीसँग नयाँ दिल्लीमा भएको विशेष भेटमा एकता कपूर, ज्याकलिन फर्नानडिज, कंगना रनौट, जैकी सर्फ, अश्विनी अयर तिवारी, करन जोहार, आनन्द राय, कपिल शर्मा, इमतियाज अली, अनुराग बसु, बोनी कपुरलगायत सहभागी थिए ।