'मिस राजधानी २०१६'की उत्कृष्ट बिपना पराजुली मोडलिङमा जम्दै - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

‘मिस राजधानी २०१६’की उत्कृष्ट बिपना पराजुली मोडलिङमा जम्दै



बैसाख १९, काठमाडौं 

.
ओखलढुगा स्थाई घर भएकी बिपना पराजुली भविष्यमा एक सफल कलाकार तथा अन्तर्राष्ट्रिय स्तरको मोडल बन्ने सुरसारमा छिन् । विभिन्न र¥याम्प शो, कल्चर डान्स, फोटो सेसन, अभिनय, आदिमा आबध्व रही काम गरी रहेकी ५ फिट ७ ईन्च अग्ली १७ वर्षिया बिपनाले रामचन्द्र काप्ले र माधवि अर्यालको आधुनिक गीत किन गयौं मोवाईलको स्विचअफ.. बोलको गित बाट अभिनय यात्रा सुरु गरेकी हुन् ।

केहि समय अगाडी मात्र काठमाडौंमा आयोजित मिस राजधानी २०१६ मा आफ्नो जोडदार प्रतिभा प्रर्दशन गरेर उत्कृष्ट प्रथम स्थान हासिल गरिसकेकी उनी पूmसर्दंको समयमा पत्रपत्रिका पढ्ने, अनलाईन फोटो भिडीयो पोष्ट गर्ने प्रबृतिकी छिन् । विभिन्न नाटक तथा नृत्यको पनि प्रशिक्षणमा व्यस्थ रहेकी बिपना हाल काठमाडौं स्थित पेप्सीकोलामा बसोवास गर्दै आएकी छिन् ।

कोटेश्वर मल्टीपल कलेज कोटेश्वरमा कम्युटर साईन्स विषय लिई अध्यानरत बिपनालाई यो क्षेत्रमा आउन घरपरिवार तथा साथी संगिनीहरुवाट पनि राम्रौ साथ मिलेको बताउँछिन् ।

आफुलाई केही नेपाली राष्ट्रिय गीतको म्यूजिक भिडीयो र सानो बजेटको नेपाली चलचित्रको अभिनयको लागि कुरा चलिरहेको साथै सामाजिक डकुमेन्ट्रीमा पनि काम गर्न अफर आईरहेको बताउने बिपना यो क्षेत्रमा बलियो संभावन बोकेकी र भविश्यमा ठुलो पर्दाका चलचित्रमा नायीकाको रुपमा काम गर्न सक्ने क्षमता राख्ने मोडल हुन् ।