मलाई प्रकृतिले ठग्यो त्यसैले तहल्का मच्चाउन सकिन: केपी ओली - Himal Post Himal Post
  • ७ आश्विन २०८०, आईतवार
  •      Sun Sep 24 2023
Logo

मलाई प्रकृतिले ठग्यो त्यसैले तहल्का मच्चाउन सकिन: केपी ओली



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रकतिले ठगेको बताएका छन्। राष्ट्रिय जनसंगीत कलाकार संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नभए आफूले पनि तहल्का मच्चाइदिने बताए।

प्रकतिले मलाई मजाले ठगिदिएका छन्। नत्र तपाइँहरुलाई चाहिँ गला दिने। मैमात्र किन नजान्ने?,’ उनले भने, ‘मैले गाउन जानेका भए त तहल्का मच्चाइदिन्थे।’

उनले किड्नी प्रत्यारोपणको समय सम्झिँदै त्यतिबेला गीत संगीतकै सहारा लिएको बताए। आइसीयुमा रहँदा डाक्टर, नर्सहरुलाई सधैं गीत गाउन लगाएको उनले सम्झिए।

‘म बिरामी हुँदा सबै डाक्टर र नर्सलाई गीत गाउन लगाउँथे। उपचार गर्न आउने डाक्टर, नर्सलाई पहिले गीता सुनाउनुस् अनि मात्र उपचार गर्नुस् भन्थे,’ उनले भने, ‘गीत सुन्दा आनन्द लागेर आउँथ्यो।’

त्यतिबेला एक जनाले धेरै गीत नआउने बरु एउटा गीत आउने भन्दै ‘सालको पात टपरी… नहुने सल्लैको’ गाएको उनले सम्झिए। ‘त्यो बेला २४ घन्टा आइसीयुमा बस्नुपर्थ्यो। सबै समय सुतेर बस्न नसकिने, मलाई कम निन्द लाग्ने बानी भएर। त्यही भएर पनि उनीहरुलाई गीत गाउन लगाउँथे।’

उनले बेहोसीबाट बयुँझिनेवित्तिकै आफूले कविता रचाना गरेको र त्यो पछि शिशिर योगीले संगीत भरेर गीत बनाएको बताए।

‘अपरेशनबाट ब्युँझिदा र बेहोसीबाट होसमा आउँदा मनमनै गुनगुनाउँथे। आइसीयुमा चुप लागेर बस्नुपरेर पनि होला मनमनै गुनगुनाउँथे,’ उनले भने।

उनले नेपाली डाक्टरहरुले मेरो किड्नी फेरेर ब्युँझिदा आनन्द आएकोसमेत बताए। ‘हाम्रै देशका डाक्टरहरुले किड्नी फेर्दा आन्नद आएको थियो,’ उनले भने।