लम्कीचुहा नगरपालिकाद्धारा आर्थिक बर्ष २०७५/७६ को बजेट पारित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लम्कीचुहा नगरपालिकाद्धारा आर्थिक बर्ष २०७५/७६ को बजेट पारित



लिला जङ्ग शाही 

लम्की ,कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाद्धारा आर्थिक बर्ष २०७५/७६ को बजेट पारित गर्दै तेस्रो नगरसभा बिहीबार सम्पन्न गरेको छ ।

“शिक्षा स्वास्थ्य सडक र पर्यटन लम्कीचुहाको पूर्वाधार, सामुहिक तथा व्यवसायिक कृषि समृद्धिको आधार” भन्ने मूल नाराका साथ लम्कीचुहा नगपालिकाले आर्थिक वर्ष ०७५÷०७६ का लागि बजेट ल्याएको छ । गत असार २५ गते बसेको नगर सभाले आर्थिक वर्ष ०७५÷०७६ का लागि ६९ करोड ६६ लाख १० हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । सो सार्वजनिक बजेट आज पारित भएको थियो ।

सार्वजनिक बजेटमा आदिबासी जनजाति थारु समुदाय तथा लक्षित बर्ग,एच.आच.आई.भि संक्रमितहरुको लागी आसलाग्दो नदेखिएको भन्दै केही वडा अध्यक्षहरुले केहि बुदाहरु थप्नु पर्ने अनुरोध गर्नु भएको थियो । बिहीबार सम्पन्न नगर सभामा आदीबासि,जनजाति,लक्षित र एच.आई.भि संक्रमितहरुका लागी निकै चाखलाग्दो बजेट पारित भएको छ । बिभिन्न बिकासका शिर्षकमा बजटे बिनियोजन गर्दै नगर सभा सम्पन्न भएको हो ।

आर्थिक बिकास तर्फ ३ करोड ६० लाख सामाजिक बिकास तर्फ ६ करोड ७० लाख ७७ हजार,स्वास्थ्यमा २ करोड २ लाख उन्नासि हजार,पुर्वाधार बिकास तर्फ १२ करोड ३ तिन लाख,बाताबरण तथा बिपद ब्यवस्थापन १ करोड ७० लाख र संस्थागत बिकास तर्फ ४ लाख लगाएतका गरि ६९ करोड ६६ लाख ८० हजार बराबरको बजेट सर्वसम्मतिले पारति भएको छ । नगर सभामा लम्की चुहा नगर प्रमुख महादेब बजगाईले प्रदेश नं.७ का सामाजिक बिकास मन्त्रि दिर्घ बहादुर सोडारीलाई बुदागतहरुमा नगरपालिका भित्र अतिआवश्यक मागहरु राख्नु भएको थियो ।

नगरसभालाई बिशेष सम्बोधन गर्दै मन्त्रि सोडारिले लम्की चुहा नगरपालिका प्रदेश नं.७ मै बिकासको गतिमा दौडिने पहिलो नगरपालिका भएको भन्दै धन्याबाद ज्ञापन गर्नु भएको थियो । लम्की चुहा नगरपालिका वडा नं.४ मा निर्माण हुन लागेको बहुउद्देश्यीय सिटी निर्माणका लागी थप बजेटको पहल गर्ने , नगरपालिका क्षेत्रभित्र रहेका जोखिम नदिहरुको जैबिक तटबन्धन,लम्कीमा रहेको बसपार्कलाई आधुनिक बस पार्क निर्माण गर्ने, लम्की चुहा नगरपालिकाका क्षेत्रका उच्च स्तरका सडकहरुलाई कालो पत्रे गर्न ,लम्की चुहा नगरपालिका भित्रमा प्राबिधिक शिक्षालयको अभाब खड्किएको हुदा प्राबिधि शिक्षालयको लागी ,नगर क्षेत्रमा ५० शैयाकोअस्पताल स्थापन गर्नु पर्ने लगाएतका बुदाहरुलाई प्रदेश सरकार,दातृ संघ संस्था र संघिय सरकार संग बिषेश पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।