लम्कीचुहा नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

लम्कीचुहा नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न



रमित पाण्डे / लम्की ।

लम्कीचुहा नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईँको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप–प्रमुख टिका थापा, नगरपालिकाका दस वटै वडाका वडा अध्यक्ष र सदस्यहरु, कार्यपालिकाका सदस्यहरु, निमित्त प्रशासकिय अधिकृत लगाएतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न विषयगत शाखाका प्रमुखहरूले आ–आफ्ना क्षेत्रको प्रगति विवरण पेश गरेका थिए । यस्तै कार्यक्रममा स्थानियले उठाएका विभिन्न प्रश्नहरूको नगर प्रमुख महादेव बजगाईँ र अन्य विभिन्न जनप्रतिनिधि र सम्बन्धित व्यक्तिहरूले जवाफ दिएका थिए । प्रत्येक चौमासिकमा गर्नुपर्ने सार्वजनिक सुनुवाई नगरपालिकाले आर्थिक वर्ष २०७४–०७५ सकिएको २ दिन पछि गरेको हो ।