नुवाकोटमा रहेको जनजागृती तरकारी कृषक समूहमा लाभ लागत तथा मुल्यांकन सृंखला तालिम सम्पन्न - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

नुवाकोटमा रहेको जनजागृती तरकारी कृषक समूहमा लाभ लागत तथा मुल्यांकन सृंखला तालिम सम्पन्न



हरि प्रसाद भुषाल/अर्घाखाँची

किनका लागि उन्नत विउ विजन कार्यक्रमले जिल्लाको नुवाकोट सुर्सिङ्गमा रहेको जनजागृती तरकारी कृषक समूहमा लाभ लागत तथा मुल्यांकन सृंखला तालिम सम्पन्न गरेको छ ।

कार्यक्रममा केयुविकेका बाख्रा विकास प्राविधिक राधा नेपाली, विपिन सुनार, तारा श्रेष्ठ, महेश चौधरी, जिल्ला कृषि विकास कार्यालयका राजेन्द्र भट्टराई लगायतले किसानहरुले लागत कम गरी लाभ बढाउनका लागि प्रयत्नशिल बन्न’पर्नेमा जोड दिएका थिए ।
किसानहरुको व्यवसयिक विकासको लागि जिल्लामा किसानका लागि उन्नत विउ विजन कार्यक्रमले काम गरिरहेको भन्दै उनीहरुले कार्यक्रमबाट भरपुर लाभ लिन किसानहरुलाई आग्रह गरेका थिए ।

अर्घाखाँचीलाई केही वर्षभित्रमा विउ तथा मासुमा आत्मनिर्भर बनाउनका लागि सक्रिय रहेको किसानका लागि उन्नत विउ विजन कार्यक्रमबाट जिल्लाका हजारौं किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

जनजागृती तरकारी कृषक समूहका अध्यक्ष ज’वानन्द गैरे, उपाध्यक्ष सूर्य प्रसाद गैरे सहित करीव ४० जनाको सहभागिता रहेको हिजोको कार्यक्रम यमलाल गैरेको अध्यक्षता र खिम प्रसाद दमासेको संचालनमा सम्पन्न भएको बताइएको छ ।