कैलालीमा विपद् पूर्व तयारीका लागि १ अर्ब ४ करोड ७८ लाख भन्दा माथि बजेट विनियोजन  - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलालीमा विपद् पूर्व तयारीका लागि १ अर्ब ४ करोड ७८ लाख भन्दा माथि बजेट विनियोजन 



बिरेन्द्र शाह / सुखड ,कैैैलाली। 
वर्षायाममा बाढी पहिरो लगायतका विपद् जोखिमको समस्या हुने गर्दछ । जोखिम न्यूनिकरण र विपद् पूूर्वतयारीका लागि सबै तहका सरकार प्रतिबद्ध हुनुपर्दछ ।

कैलालीका स्थानीय तहहरुले पनी विपद् जोखिम न्यूनिकरण र बिपद् पूर्व तयारीका लागि बजेट बिनियोजन गरेका छन । विपद् पूर्वतयारी योजना र बिपद् कोष स्थापना पनि गरेका छन । कैलालीका १३ स्थानिय तहहरु मध्ये महोन्याल गाउँपालिका बाहेक अरु स्थानिय तहहरुले नगर तथा गाउँ सभा गरी १ अरब ४ करोड ७८ लाख ९ हजार ८ सय ७० रुपैयाँ बिनियोजन गरेको पाईएको छ ।

महोन्याल गाउँपालिकाको बजेट माथि छलफल जारी रहेको गाउँपालिकाले बताएको छ । तर सम्पन्न भएका गाउँपालिका नगरपालिकाहरुले मध्ये भजनी नगरपालिकाले १ करोड ७४ लाख भन्दा माथि नै बिपत पूर्वतयारीका लागि बजेट बिनियोजन गरेको छ ।यस्तै गौरी गंगा नगरपालिकाले बिपदको क्षेत्रमा ७९ लाख ६९ हजार ६ सय २० रुपैया छुटाएको छ । टिकापुर नगरपालिकाले ५० लाख भन्दा माथि बिपद् पूूर्वतयारीका लागि बजेट बिनियोजन गरेको छ । घोडाघोडी नगरपालिकाले ५० लाख बजेट छुट्टाएको छ । धनगढी उपमहानगरपालिकाले ४० लाख ,लम्कीचुहा नगरपालिकाले २० लाख र गोदावरी नगरपालिकाले २५ लाख बिपद् पूर्वतयारीका लागि बजेट बिनियोजन गरेको नगरपालिकाले बताएको छ ।

यस्तै जोशीपुर गाउँपालिकाले २५ लाख २० हजार २ सय ५०,बर्दगोरीया गाउँपालिकाले ३० लाख,कैलारी गाउँपालिकाले २५ लाख भन्दा माथि,जानकी गाउँपालिकाले ५ लाख,चुरे गाउँपालिकाले ४ लाख बजेट बिपत पूर्वतयारीका लागि छुट्टाएको बताएको छ । स्थानिय तहहरुले छुट्टाएको बजेट प्राकृतिक प्रकोप बाहेक अन्य क्षेत्रमा पनि खर्च गरीने स्थानिय तहरुले बताएका छन ।

यसरि छुट्याईएको बजेटले स्थानीय तहहरुमा आईपर्ने बिपतको सामना गर्न र सम्भावित बिपतको पूर्व तयारीका लागि सहज हुने बताईएको छ । वर्षायाममा हुने सडकको अबरुद्धता, पहिरो, बाढी, ढुबान,कटान आदि समस्याको समाधानका लागि बजेटको परिचालन गरिने घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले बताए । नगर स्तरीय बिपद व्यवस्थापन समिति गठन गरीसकेको बताउदै चौधरीले नगरपालिकाका १२ ओटै वडामा पनि वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय बिपद व्यवस्थापन समिति गठन भैईरहेको उहाँले बताउनु भयो ।

छुट्टाइएको बजेटले रबरको डुङ्गा,लाईफ जाकेट जस्ता उद्धार गर्न सजिलो हुने सर समान खरिद गरीरहेको भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरीले बताए । पोहोर सालको बाढी र डुवानले भएको समस्यालाई मध्ये नजर गर्दै नगरपालिका सोच्न बाध्य भएको र सोही अनुसार बजेट बिनियोजन गरेको उहाँको भनाई छ ।