कैलालीमा हावाहुरीले बेहाल : गाडी नै उडायो, २५ भन्दा बढी घाइते - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कैलालीमा हावाहुरीले बेहाल : गाडी नै उडायो, २५ भन्दा बढी घाइते



धनगढी :

काठमाडौं– सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भीषण आँधीहुरी आउँदा ठूलो जनधनको क्षति पुगेको छ ।

स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण २५ जना भन्दा बढी घाइते भएका छन् ।

धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले दुबैजनाको उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ ।

कञ्चनपुर प्रहरीले सातजना भन्दा बढी घाइते महाकाली अञ्चल अस्पतालमा पुगेको जनाएको छ । हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना उडाएको छ भने पक्की घरको जीनाको जस्ताहरु उडाएको छ ।

स्थानीयहरु पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको बताउँछन् । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दावी छ ।

धनगढीका होटल सुनगाभाका सञ्चालक सुदीप क्षेत्रीको पनि हावाहुरीेले घरको छाना उडाएको छ भने उनको दुईलाख लागानीको सटरिङ उडाएको छ । श्रेष्ठले शुक्रबार छत हाल्ने तयारी गरेका थिए । कैलाली र कञ्चनपुरमा दर्जनौं विद्युतका पोलहरु ढलाएकाले विद्युत् आपुर्ती बन्द भएको छ भने नेपाल टेलिकमका पोलहरुमा पनि क्षति पुगेपछि केही स्थानको फोन सेवा समेत अवरुद्ध भएको छ । कैलाली प्रहरीेले मानिसहरु रुख ढलेर च्यापिएको खबर आए पनि त्यहाँ जाने सडकमा दर्जनौं रुखहरु ढलेकाले जान नसकेको जनाएको छ । फाइल तस्बिर

यो पनि 

अपडेट- कैलाली आँधी- १ को मृत्यु, घाइते ५० पुगे

अपडेट -कैलाली : दुईजनाको मृत्यु, घाइते ८५ पुगे