अपडेट -कैलाली : दुईजनाको मृत्यु, घाइते ८५ पुगे - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अपडेट -कैलाली : दुईजनाको मृत्यु, घाइते ८५ पुगे



काठमाडौँ – कैलालीमा बिहीबार साँझ आएको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो ।

हावाहुरीका कारण अहिलेसम्म ८५ जना घाइते भएका छन् । गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् । चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

क्षतिको थप विवरण संकलन भइरहेको एसपी गिरीले बताए । अहिले हावाहुरी रोकिएको छ । विद्युत भने अवरुद्ध छ । फाइल तस्बिर