अपडेट- कैलाली आँधी- १ को मृत्यु, घाइते ५० पुगे - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

अपडेट- कैलाली आँधी- १ को मृत्यु, घाइते ५० पुगे



काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा आँधीले वितण्डा मच्चाउँदा एकजनाका मृत्यु भएको पुष्टि भएको छ । भने घाइतेको संख्या ५० पुगेको छ

गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको र ५० जनाभन्दा बढी घाइते भएको जानकारी प्राप्त भएको छ ।

घाइतेमध्ये सेती अञ्चल अस्पताल, अस्पताल अत्तरियामा र निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार बेलुका आएको आँधीले घरका छाना उडाउनुका साथै बालीनालीमा व्यापक क्षति पुर्‍याएको उनले बताए । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेको उनको भनाइ छ ।