कबड्डी ३ ले तोड्यो हालसम्मकै रेकर्ड - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

कबड्डी ३ ले तोड्यो हालसम्मकै रेकर्ड



काठमाडौं- लामो समय सुस्ताएको नेपाली चलचित्र उद्योगमा नयाँ रौनक देखिएको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले पहिलो दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड बनाएको छ ।

कबड्डी कबड्डी कबड्डीले रिलिजको पहिलो दिनमै एक करोड ४७ लाखको व्यापार गरेको फिल्म वितरण स्टेसन फाइभले जानकारी दिएको छ । बितरकले सामाजिक सञ्जालमा पोस्ट गर्दै जानकारी दिएको हो ।

यो नेपाली फिल्मको इतिहासमै अहिलेसम्म एक दिनमा सवैभन्दा बढी कलेक्सन हो । यो फिल्म उपत्यका र उपत्यका बाहिर गरी क्युएफएक्समा मात्रै ६४ वटा शो र अन्य हलहरुमा पनि प्रर्दशन भईरहेको छ ।

रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेललगायत कलाकारको अभिनय रहेको छ ।