जनसम्पर्क समिति साउथ अष्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

जनसम्पर्क समिति साउथ अष्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



जनसम्पर्क समिति साउथ अष्ट्रेलियाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । १०६औँ बिपी जयन्ती तथा दशैँ, तिहार, नेपाल संबत एवम् छठ पर्वको अवसरमा ओकल्याण्ड वेटल्यान्ड रिजर्ब पार्कमा कार्यक्रम गरिएको हो । जनसम्पर्क समिति साउथ अष्ट्रेलियाको सल्लाहकार समितिका सदस्य महेश गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा विपीको फोटोमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गरिएको थियो ।

कार्यक्रममा जनसम्पर्क समिति साउथ अष्ट्रेलियाका पूर्वअध्यक्ष रामबहादुर थापा, जिपी फाउन्डेशन साउथ अष्ट्रेलियाका अध्यक्ष तथा जनसम्पर्क समिति अष्ट्रेलियाका केन्द्रीय सदस्य दिलीप पोखरेल, एडिलेड नेपाली समाजका अध्यक्ष सुरेन रेग्मी, एनआरएनए आइसिसी सदस्यद्वय अशोक केसी र गोकुल घिमिरे लगायतले नजिकिँदै गरेका नेपाली पर्वहरुको अवसरमा शुभकामना ब्यक्त गर्दै बिपीको राजनीतिक जिबनको स्मरण गरेका थिए।

कार्यक्रमका सभापति तथा समितिका अध्यक्ष अर्जुन लम्सालले सम्पूर्ण उपस्थित अतिथि तथा सहभागीहरुलाई शुभकामना ब्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई कृतज्ञता ब्यक्त गरेका थिए। कार्यक्रममा साउथ अस्ट्रेलियाका सामाजिक संघ संस्थाका पदाधिकारीहरु, पत्रकारहरु तथा एडीलेडबासी नेपालीहरुको सहभागिता रहेको समितिका सचिब भुवन सापकोटाले जानकारी दिए।