साउथ अस्ट्रेलियन मन्त्री जिंग लीले भनिन- 'नेपाल भ्रमणको लागि निकै रमणीय देश हो' - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

साउथ अस्ट्रेलियन मन्त्री जिंग लीले भनिन- ‘नेपाल भ्रमणको लागि निकै रमणीय देश हो’



अस्ट्रेलिया

भिजिट नेपाल २०२० लाई लक्षित गर्दै साउथ अस्ट्रेलियाको प्रिमियर अफिसका लागी सहायक मन्त्री जिंग लीले भिडियो सन्देश बाट नेपाल भर्मण गर्न आवाहन गरेकी छन।

सन २०१६ मा आफुले नेपाल भर्मण गरेको स्मरण गर्दै उनले आफ्नो अनुभब सन्देश बाट प्रेषित गरेकी छन।

नेपाल भर्मण गर्नको निम्ति रमणीय देश भएको बताउदै उनले साउथ अस्ट्रेलिया बाट गएको आफ्नो डेलिगेसन टिमले नेपालमा सबै भन्दा राम्रो समय बिताएको बताएकी छन।

नेपालको काठमाडौँ , चितवन , पोखरा घुमेकी उनले नेपालीहरुको आतिथ्य, नेपाली खाना , नेपाली कला संस्कृति र प्राकृतिक दृश्य लोभलाग्दो रहेको बताएकी छन।

“सन् २०२० मा यदि कतै भर्मण गर्ने सोच बनाउनु भएको छ भने नेपाल जानु होस् , तपाईले जीवन भरि सम्झन योग्य पलहरु बिताउन पाउनु हुनेछ ” उनले भिडियो सन्देशमा भनेकी छन।

भिडियो :