ईराकमा मारिएका १२ नेपालीका परिवारले अमेरिकी अदालतमा मुद्धा हारे - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

ईराकमा मारिएका १२ नेपालीका परिवारले अमेरिकी अदालतमा मुद्धा हारे



हिमाल पोस्ट /अमेरिका २१ पुस 

सन् २००४ मा इराकमा क्रुरतापूर्वक हत्या गरिएका १२ नेपालीका परिवारले न्यायको माग गर्दै अमेरिकी अदालतमा दायर गरेको मुद्धा हारेका छन् । अमेरिकाको न्यु ओर्लिन्सस्थित पुनरावेदन अदालतले पीडित नेपालीका आफन्तलाई हराउँदै कलोग ब्राउन एन्ड रुट (केबीआर) को पक्षमा फैसला सुनाएको हो।

पिडित पक्षले अमेरिकामा मुद्धा दायर गर्नुको कारण हो, इराकमा हत्या भएका १२ जनै नेपालीहरु अमेरिकी सैनिकको क्याम्पमा काम गर्नेहरु थिए । उनीहरुलाई अमेरिकी कम्पनी केबीआरको साझेदार जोर्डनी कम्पनी दाउद एण्ड पार्टनर्सले अम्मानको होटलमा काम गर्न लैजाने भनी झुटो प्रलोभन देखाएर इराक पुर्यााएको दावी पिडित नेपालीहरुको छ । सोहि कारण मृतकका आफन्त तथा अपहरणमा नपरेका नेपालीले केबीआरविरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरेका थिए । तर न्यायाधीश इडवार्ट प्राडोले अमेरिकी कम्पनी केबिआरको कनेक्सन नेपाली कामदार लिने सम्मको नदेखिएको भन्दै फैसला कलोग ब्राउन एन्ड रुट (केबीआर) को पक्षमा फैसला सुनाएको छ ।

यसअघि नै सन् २००८ मा दायर भएको मुद्धा सन् २०१३ मा अमेरिकी अदालतले नेपालीहरुको विपक्षमा फैसला सुनाईसकेको थियो । मृतकका आफन्तले पुन अमेरिकाको न्यु ओर्लिन्सस्थित पुनरावेदन अदालतमा मुद्धा दायर गरेका थिए ।