इजरायलबाट भारत जाने र आउने उडान बन्द - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

इजरायलबाट भारत जाने र आउने उडान बन्द



हमासको आक्रमणले इजरायलको अवस्था भयावह भएपछि त्यहाँस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार साथै, इजरायलबाट भारत जाने र आउने उडान पनि बन्द गरिएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले कठिन समयमा भारत इजरायलका जनताको साथमा रहेको बताएका छन्। इजरायलमा हमास आक्रमण: विश्व समुदायले विरोध गरिरहँदा इरानले गर्‍यो समर्थन

हालसम्म हमास आक्रमणमा परी मृत्यु हुने इजरायलीको संख्या ७० पुगेको इजरायलको आपतकालीन सेवा प्रदायकले बताएका छन्। ‘मृतकको संख्या ७० पुगेको छ र सयौँ गम्भीर र सामान्य घाइते भएका छन्’, आपतकालीन स्वास्थ्य सेवाले भनेको छ।

हमासले भने ५३ जना इजरायलीलाई युद्धबन्दी बनाएको दाबी गरेको छ। हमासले उच्च अधिकारीलाई पनि समातेको बताएको छ।