गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरहरू पुनः नियन्त्रणमा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरहरू पुनः नियन्त्रणमा



जेरुसेलम । इजराइली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरलाई नियन्त्रणमा लिएको बताएको छ । दक्षिणी इजराइलबाट हमास आतंककारीहरूलाई लखेट्न भएको संघर्षको तेस्रो दिनमा इजराइली सेनाले त्यस्तो दाबी गरेको हो ।

“गाजापट्टी छेउछाउमा रहेका समुदायहरूमाथिको नियन्त्रण पुनःप्राप्त भएको छ”, इजराइली प्रतिरक्षा फौज (आइडीएफ)का प्रवक्ता डेनियल हगारीले पत्रकारहरूसँग भने। यद्यपि जले त्यहाँ अझै पनि आतंककारीहरू हुनसक्ने बताए ।

हगारीले इजराइल र गाजाबीचको पर्खाललाई ट्यांक र विमानहरूले सुरक्षित बनाउने बताए । इजराइली समुदायहरूमा आक्रमण गर्दा शनिबार हमास लडाकुहरूले उक्त पर्खाल भत्काएका थिए ।

हमासका लडाकुहरूले आक्रमण गरेको केही घन्टामै इजराइलले जगेडामा राखिएका तीन लाखभन्दा बढी सैनिकहरूलाई परिचालन गर्ने गर्ने घोषणा गरेको थियो ।

शनिबार बिहान गाजापट्टीबाट हमासका लडाकुहरूले मध्य र दक्षिणी इजराइलमा तीन हजारभन्दा बढी रकेट आक्रमण गरेका थिए । इजराइलले गाजामा जवाफी हवाई आक्रमण गर्यो ।

हमासको रकेट आक्रमणमा परी इजराइली अधिकारीहरूले कम्तीमा सात सय नागरिक मारिएको र दुई हजार तीन सयभन्दा बढी घाइते भएको बताएको छ ।

आक्रमणका क्रममा लडाकु समूहले गाजामा एक ३० भन्दा बढीलाई बन्धक बनाएको दाबी गरेको छ । इजराइलले गरेको जवाफी हमलामा ७८ नाबालिगसहित कम्तीमा चार सय ९३ प्यालेस्टिनी मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ । रासस/सिन्ह्वा