गुराँस लाइफ इन्स्योरेन्सद्बारा बिमा दाबी रकम हस्तान्तरण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गुराँस लाइफ इन्स्योरेन्सद्बारा बिमा दाबी रकम हस्तान्तरण



विशाल पाण्डेय / सुखड , कैलाली ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड , क्षेत्रीय कार्यालय धनगढीले कैलालीको घोडाघोडी नगरपालिका -२ का २५ वर्षिय स्वर्गीय टेकेन्द्र बिष्टको परिवारले मृत्यु दाबी निवेदन गरेको दुई हप्तामै बिमा दाबी रकम हस्तान्तरण गरेको छ ।

गत फागुन महिनामा बिरामी भएर मृत्यु भएका स्वर्गीय बिष्टको आमा रत्ना देबि बिष्टलाई बोनस सहित ६२ हजार ६ सय ३१ रुपैयाको चेक धनगढी क्षेत्रीय कार्यालय का प्रशिक्षक तारा सिंह बमले हस्तान्तरण गरेका थिए ।

जीवन बिमा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा सुखडको आयोजनामा शनिबार १ दिने जीवन बिमा अभिकर्ता पुनर्ताजगी तालिम तथा मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न भएको छ ।

धनगढी क्षेत्रीय कार्यालयका प्रशिक्षक तारा सिंह बमले प्रशिक्षण दिएका थिए ।तालिममा ३० जनाको सहभागीता रहेको सुखड उपशाखा कार्यालय प्रमुख अशोक कुमार भण्डारीले जानकारी दिए ।