घोडाघोडी बृहत् माघी मिलन तथा सांस्कृतिक महोत्सवको आयोजना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घोडाघोडी बृहत् माघी मिलन तथा सांस्कृतिक महोत्सवको आयोजना



विशाल पाण्डेय / घोनपा ,कैलाली ।

“कृषि, पर्यटन ,स्वास्थ्य शिक्षा रोजगार, घोडाघोडी नगर बिकासको मुल आधार” भन्ने नाराका साथ कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडमा घोडाघोडी बृहत् माघी मिलन ,कृषी ,पर्यटन तथा सांस्कृतिक महोत्सब – २०७५ को आयोजना गरिएको छ ।

घोडाघोडी बहुउद्देश्यीय युवा मन्चको आयोजनामा यहि पौष ३० देखि माघ ६ गते सम्म महोत्सबको आयोजना गरिएको सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ ।

महोत्सवलाई सफल बनाउनको लागी नवीन क्षेत्रीको संयोजकत्वमा ९ सदस्यिय महोत्सव आयोजक कमिटी पनि गठन भएको छ । जसमा प्रचार प्रसार संयोजकमा नरेन्द्र रोकाया, मञ्च ब्यवस्थापन समितिमा सनेश शाहि, आर्थिकमा सुनिल कुवर,सचिबालयमा दिलमाया क्षेत्री, सल्लाहकारमा, छवि तिवारी, दिपेस ऐर, तारानाथ चौधरी कलाकार ब्यवस्थापनमा होम तामाङ लगायतका रहेका छन ।

करिब २२ लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सवमा करीब १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र ३५ लाख बराबरको कारोबार हुने अपेक्षा रहेको संयोजक तथा संस्थाका अध्यक्ष नबिन क्षेत्रिले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार ,रमाइलो मेला, बाल उद्यान ,थारु गाउ, मगर गाउ लगायतका अन्य कुराहरूको अवलोकन गर्न सकिने संस्थाका सचिब सनेश शाहिले जानकारी दिए ।

महोत्सवबाट फाइदा भएको रकम के गर्नु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा संस्थाका सचिव शाहीले घोडाघोडी नगरपालीकामा बेरोजगार भइ कुलतमा फसेको युवाहरूलाई दुव्र्यवसनि विरुद्ध जनचेतनामूलक कार्यक्रमहरु गर्ने र सीप मुलक तालिममा लगानी लगाउने बताए ।

महोत्सवमा सर्बसाधारणका लागि ५० र बिद्यार्थिका लागि रु ४० रुपैया टिकटको मुल्य कायम गरेको आयोजकले जानकारी दिएको छ ।