ग्यालेक्सी ग्रुपद्वारा टिकापुरमा होटल संचालन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ग्यालेक्सी ग्रुपद्वारा टिकापुरमा होटल संचालन



लोकेन्द्र रावल  / टीकापुर ।

ग्यालेक्सी ग्रुपले टिकापुरमा भाद्र ३० गतेदेखि होटेल एण्ड लज सेवा समेत सञ्चालनमा ल्याएको छ । सोमबार ग्यालेक्सी ग्रुपले पत्रकार भेटघाट कार्यक्रम गर्दै उक्त जानकारी दिएको हो ।

पर्यटकहरुलाई खान,बस्न र सर्भिसको राम्रो सुविधा दिने उद्देश्यले टीकापुरमा उक्त होटल एण्ड लजको स्थापना गरेको ग्यालेक्सी ग्रुपका प्रवन्ध निर्देशक मोहन प्रसाद जैशीले बताउनुभयो । ग्यालेक्सी गुप्रले संचालनमा ल्याएको होटेल एण्ड लजमा १९ वटा एसी कोठाहरु रहेका छन् जसमा भिआइपिका लागि दुई डिलक्स रुमहरु समेत रहेको जैशीले बताउनुभयो ।

उहाँले केहि कार्यक्रम गर्नको लागि २ वटा एसी जडान हलको समेत व्यवस्था रहेको बताउनुभयो । ठूलो कार्यक्रमका लागि २०० जना क्षमताको हल रहेको छ भने साना कार्यक्रमका लागि ५० जना क्षमताको हल रहेको बताउनुभयो ।

जैशीले रु. ८० लाख लागतमा ग्यालेक्सी होटल एण्ड लज संचालनमा आएको बताउनुभयो । ग्यालेक्सी ग्रुुपले  टीकापुर, धनगढी र बुटवलमा यस अघि क्याफे र पार्टी प्यालेस सञ्चालनमा ल्याइ सकेको छ ।

धनगढीको पार्टी प्यालेस २ सय जनाको क्षमताको रहेका र बुटवलको पार्टी प्यालेस मा ५ सय जनाको क्षमताको रहेको प्रबन्ध निर्देशक जैसीले जानकारी दिनु भयो ।
उहाँले देशका अन्य ठाँउमा समेत होटेल, लज, क्याफे र पार्टी प्यालेस सञ्चालन गर्ने कार्यक्रम रहेको प्रबन्ध निर्देशक जैसीले बताउनु भयो । साथै धनगढीमा रहेको क्याफेमा दुईमहिनाभित्र नेपाली खाना संचलानमा ल्याउने समते प्रबन्ध जैशीले बताउनुभयो ।