बुटवल र जावालाखेलमा ‘प्रोजेक्ट वान’को कन्सर्ट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बुटवल र जावालाखेलमा ‘प्रोजेक्ट वान’को कन्सर्ट



नेपालका चर्चित ब्याण्डका सदस्यहरुको सहभागीता रहेको नयाँ ब्याण्ड ‘प्रोजेक्ट वान’ले बुटवल र ललितपुरको जावालाखेलमा कन्सर्ट गर्ने भएको छ । व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ता आबद्ध छन् ।

यहि माघ १३ गते शनिवार बुटवलस्थित बुटवल मण्डप र माघ २७ गते ललितपुरको जावलाखेल फूटबल मैदानमा ‘फेरी उठ्नेछ नेपाल’को नाम दिएर कन्सर्टको आयोजना गर्न लागिएको हो । ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।

‘फेरी उठ्नेछ नेपाल’को तेस्रो संस्करणको रुपमा रहेको यो कन्सर्टमा व्याण्डले ‘फेरी उठ्नेछ नेपाल’सहित नयाँ एल्बमका गीत र आˆना पुराना गीत दर्शकमाझ प्रस्तुत गर्नेछ ।

नारायणघाट, पोखरा र इटहरीमा पनि कन्सर्टको तयारी भए पनि कहिले हुने निश्चित भइसकेको छैन ।