भारतमा भएका नेपाली व्यवसायीहरूको एभरेष्ट चेम्बरले १ अर्ब लगानीमा बर्दियामा रिसोर्ट निर्माण गर्ने - Himal Post Himal Post
  • ३० जेष्ठ २०८२, बिहीबार
  •      Thu Jun 12 2025
Logo

भारतमा भएका नेपाली व्यवसायीहरूको एभरेष्ट चेम्बरले १ अर्ब लगानीमा बर्दियामा रिसोर्ट निर्माण गर्ने



काठमाडौं, २२ फागुन।

भारतमा बसेर व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूको छाता संगठन फेड्रेशन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिजले बर्दियामा १ अर्ब लगानीमा रिसोट निमार्ण गर्ने भएको छ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर हालै सम्पन्न लगानी सम्मेलनमा सहभागि हुन आएका भारतका लागि नेपाली राजदुत दीप कुमार उपाध्यायको नेतृत्वमा नेपाल आएको कमर्श एण्ड ईन्डष्ट्रिजले यस्तो जानकारी दिएको हो।

कमर्श एण्ड ईन्डष्ट्रिजका अध्यक्ष यूवराज बरालले नेपालमा हुने बन्द हड्ताल लगायत राजनीतिक उथलपुथलका कारण लगानीकर्ता खुलेर लगानी गर्न डराई रहेको बताएका छन्।

उनले भने,‘हाम्रो देशमा प्रायः अस्थिर राजनीतिक स्थिति रहन्छ, यो स्थितिको सिकार लगानीकर्ता र गरिखाने वर्ग भएको छ, भारतमा बसेर व्यवसाय गरिरहेका लाखौं व्यवसायीहरू नेपालको पर्यटन विकासको लागि तयार छ, यसको लागि सरकारले वातावरण सिर्जना गर्नुपर्छ।’
त्यस्तै कमर्श एण्ड ईन्डष्ट्रिजका महासचिव मोहन कार्कीले हालै बर्दियामा राष्ट्रिय निकुञ्ज आसपाससँगै देशका विभिन्न भागमा २५ वटा रिसोर्ट निमार्ण गर्ने बताए।

उनले भने,‘हाम्रो देशमा अथाह सम्पदा छ, यस्ता सम्पदाहरूलाई सही रुपमा उपभोग गर्न सकिएको छैन्, पारिवारिक पर्यटनले हाम्रो देशमा आर्थिक बृद्धि हुन्छ, हामीले बार्षिक रुपमा १० लाख भारतीय पर्यकटहरू भित्र्याउने लक्ष्य लिएका छौं।’

त्यस्तै सदस्य दुर्गा सुवेदीले एनआरएनको साथ सहयोग र कमर्श एण्ड ईन्डष्ट्रिजले केही बर्षभित्रमा १० मिलियन नेपालमा गलानी गर्ने बताएका छन्।