एक नागरिकको उद्गार
सुमिना अभिलाषी
आवस्यकता र बाध्यताहरूले परदेशमा धकलेको
यहि देशको म एक विवश नागरिक
समस्त मानव अस्तित्वमाथि चुनौती दिँदै
मृत्युको प्रयाय बनेर
जब मडारियो संकटको भयावह घनघोरता
मैले आँखा बन्द गरेर सबै भन्दा पहिले
मेरो देश पुकारें !
मृत्युले लेखेट्दै लखेट्दै ल्याइपुर्याएपछी
महाकालीको किनारमा
भोको पेट लिएर
म कतिन्जेल लडिबुडी गर्नु प्रचण्ड धुपले खारिएका
ति ताता ढुँगाहरू सँग ?
–मैले कलिलो सुर्योदय सँगै महसुस गरें
सगरमाथाको उच्च सिखर
–महसुस गरें
हावाका झोंकाहरूमा फरफराइरहेको
चन्द्र सुर्य अंकित झण्डा
–महसुस गरें
सुदुर दूर्गमको एक झुपडिको आगनमा
तोते बोल्दै खेलिरहेकी नाबालक छोरिको मासुम अनुहार !
–महसुस गरें
तमाम अभिभाराले थिचिएकी श्रीमतिको चिन्तित अनुहार !
–रोग शोक र भोकले अतालिएकी आमाको वृद्ध अनुहार !
सयौंको भिडमा महाकाली किनारमा
छ्ट्पट्याइरहदा पनि
मैले नसुन्न सकिन अन्तर मनमा मडारिइरहेका
जिजीविषाका उद्गारहरू !
मलाइ बाँच्नु थियो आफ्नै लागि र आफ्नाहरूको लागि !
तब मात्र म खेल्न बिबस भएको हुँ
यो विषाक्त समयसँग
मृत्युु र मुक्तिको भयानक खेल !
–मरें भने पुग्नेछ मेरो लास देशको किनारमा
र बाँचे भने गर्नेछन् मेरा चरणहरू
देशको माटो स्पर्श !
हो सरकार !
केही आशा ,केही अभिलाषा,
केही भय र केही हिम्मत जुटाएर
म हाम फालेको हुँ महाकालीमा !
म त्यही मूर्ख ब्याक्ति हुँ
जो मृत्युु सँग जोगिन मृत्युको घरमा हाम फालेँ !
केही पल अघि सम्म मलाई आसा थियो अपेक्षा थियो
यदि म जिवित रहेँ भने तपाई अवस्य आउनुहुनेछ
केही समवेदना र सहानुभूति बोकेर !
तर ,
तपाई त आफ्नो सत्ताका पहरेदारहरूलाई
मलाइ गिरफ्तार गर्ने हुकुमत पेस गर्नु भो
र सार्वजनिक गर्नु भो मेरो नग्न तस्वीर
र छिनमै मलाई बनाउनु भो अपराधी !
सरकार !
अब मेरो तपाइसँग कुनै गुनासो छैन
आसा छैन अभिलाषा छैन !
म बुझिसकेको छु यो देश र सत्ता
गरिवहरूको पहुँचमा छैन
आफुलाइ मुक्त गरेको छु
गरिव दुखी र असाहयहरूको निम्ति
देश राज्य र सत्ता पनि छ भन्ने लामो भ्रमबाट ।।