‘दबंग ३’ को ट्रेलर दमदार (भिडियो समेत) - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

‘दबंग ३’ को ट्रेलर दमदार (भिडियो समेत)



सलमान खान स्टारर सिनेमा ‘दबंग ३’ को ट्रेलर रिलिज भएको छ। ३ मिनेट २२ सेकेण्ड लामो ट्रेलर पूर्ण एक्सन र कमेडीले भरिएको छ।

प्रभु देवाले निर्देशित सिनेमामा सोनाक्षी सिन्हा, सुदीप किच्चा, अरबाज खान, माही गिल लगायतका कलाकारको पनि मुख्य भूमिका छ। यसै सिनेमाबाट अभिनेता, निर्माता तथा निर्देशक महेश माझेंकरकी छोरी साई माझेंकरले बलिउडमा डेब्यु गर्दैछिन्।

२० डिसेम्बरमा रिलिज हुने सिनेमाको कथा सलमान आफैले लेखेका हुन्। पटकथामा उनले प्रभु देवा, दिलिप शुक्ला र अलोक उपाध्यायले सहकार्य गरेका छन्।