तीज गीत बरीलैको छायांकन सम्पन्न (भिडियाे सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

तीज गीत बरीलैको छायांकन सम्पन्न (भिडियाे सहित)



बुटवल । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै छ ।

दिनानु दिन तीज गीतका रेकर्ड अनि सुटिङ पनि भईरहेका छन् । यसै क्रममा बुलबुल मिडीया प्रा.ली. ले बजार व्यवस्थापन गर्ने संचारकर्मी कृष्ण बाबु र शान्ता जी.सी.को तीज गीत बरीलैको छायांकन सम्पन्न भएको छ ।

खुमन अधिकारि र शान्ता जी.सीको आवाज रहेको यो गीतको लय गायक खुमन अधिकारिले बनाएका हुन् भने शब्द कृष्ण बाबुको रहेको छ। पुरानो गीतको झल्को आउने खाल्को गीत पनि रहेकाले सबैको मन जित्नेमा कृष्ण बाबु ढुक्क छन्।

यो गीतको निर्देशन अहिलेको व्यस्त पहिलो महिला निर्देशक स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन् । गीतको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् । दुर्गेश र अन्जलीले अभिनय गरेको उक्त गीतको सम्पादन प्रकाश धमलाले गरेका छन्।

हेराैँ भिडियाे-