हिमालपोस्ट, Author at Himal Post - Page 513 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

ओलीका पछाडि भारत सक्रिय: के का लागि हुँदैछ यस्तो तयारी ?

काठमाडौं- आफ्नै दललाई खण्डित गरेका, संसद्को विश्वास विधिवत् रूपमा गुमाएका र संवैधानिक नैतिकता सर्वस्व पारेका प्रधानमन्त्री ओली मूलतः निकै कमजोर भइसकेका छन्, तैपनि उनलाई पदमा बसिराख्न कुन शक्तिले उक्साइरहेको छ

सरकारका हरेक कदममा सर्वोच्चले लगाम लगाउँदै

काठमाडौं- केपी शर्मा ओली नेतृत्व सरकारले लिएका निर्णयमाथि सर्वोच्च अदालतले एकपछि अर्को गर्दै रोक लगाएको छ। दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेका

जसपा विवादमा ट्वीस्ट: कार्यकारिणी फेर्ने सबै अधिकार ठाकुरलाई

काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णयसम्बन्धी दस्तावेज निर्वाचन

एमाले एकतामा ‘ब्रेक थ्रु’ हुनसक्ने

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद समाधान नजिक पुगेको छ । दोस्रो तहका नेताहरूको लगातारको कसरतले एकतामा ‘ब्रेक थ्रु’ हुनसक्ने सम्भावना बढेको बताइएको छ । पार्टी एकजुट गराउन लागि दोस्रो

आलंकारिक राष्ट्रपतिको कार्यकारी शैली: ‘अस्वाभाविक’ सक्रियता किन ?

काठमाडौं- आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता ‘अस्वाभाविक’ ढंगले बढाएकी छिन् । देशको कार्यकारी प्रमुखको शैलीमा उनले शुक्रबार गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर निर्देशन दिएकी छिन् । पछिल्लो समय देशभर

मेलम्चीमा फेरि आयो भिषण बाढी

काठमाडौं- बाढीले तहसनहस भएको मेलम्चीमा फेरि भीषण बाढी आएको छ । शुक्रबार राती करिब ९ बजेतिर एक्कासी नदीमा ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रका स्थानीयको भागभाग भएको थियो । काठ,

तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनियो: सतर्क रहन प्रशासनको आग्रह

काठमाडौं । तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । दोलखा प्रशासनले शुक्रबार राति पौने १०

सुरक्षा प्रमुखसँगको छलफलपछि राष्ट्रपति र प्रधानमन्त्रीको लामो भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । शुक्रबार बेलुकी राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा पुगेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब

स्नातक नगरेको पूर्वमन्त्री राजदूत बन्न नपाउने सर्वोच्चको आदेश

काठमाडौँ। स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा सर्वोच्च अदालतले रोक लगाएको छ । सरकारले २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेर मन्त्री भइसकेकाहरूको हकमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने

गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई राष्ट्रपतिको निम्तो

काठमाडौं- गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखहरू राष्ट्रपति कार्यालय शीतलनिवासमा भेला भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएका कारण उनीहरू त्यहाँ पुगेको बताइएको छ । शुक्रबार

सरकारलाई अर्को झट्का: चुरेको गिट्टी, बालुवा बेच्ने निर्णय रोक्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले सरकारका एकपछि अर्को कदममा झट्का दिन थालेको छ । आजपनि सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अर्को अन्तरिम आदेश जारी गरेको छ । चुरे क्षेत्रको ढुंगा, गिट्टी र

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पाए विश्वासको मत

कास्की- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । उनले मुख्यमन्त्री बनेको ६ दिनमै गण्डकी प्रदेशको प्रदेशसभाबाट विश्वासको मत लिएका छन्। मुख्यमन्त्री पोखरेलको पक्षमा ३१ सांसदले