मुल्य बढाएको भन्दै रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यवसायी संघ आन्दोलित - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

मुल्य बढाएको भन्दै रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यवसायी संघ आन्दोलित



बुटवल । रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यवसायी संघ आन्दोलित भएको छ ।

छड तथा सिमेन्टमा उद्योगहरुले मुल्य बढाएको भन्दै संघ आन्दोलित भएको हो । संघले आज पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सकिए लगत्तै छड, सिमेन्टको मुल्यबृद्धि भएको भन्दै फिर्ता लिन माग गरेको छ ।

संघका अध्यक्ष सुनिल मरासनीले कच्चा पदार्थको मुल्यबृद्धि नहुँदा पनि उद्योगहरुले आफुखुसी मुल्यबृद्धि गरेको भन्दै त्यसको नियन्त्रणका लागि प्रशासन समक्ष आग्रह गरेको छ । १० दिन देखि चरणबद्ध आन्दोलनमा संघ उत्रेको र संघले आज प्रमुख जिल्ला अधिकारीलाई मुल्यबृद्धि बारे ज्ञापन पत्र बुझाएको भन्दै अध्यक्ष मरासनीले उपभोत्ता र व्यवसायीको ढाड सेक्नेगरी भएको मुल्यबृद्धि तुरुन्त फिर्ता लिन उद्योगिलाई आग्रह गरे ।

लोडसेडिङको अन्त्य, कच्चा पदार्थको मुल्य यथावत रहदा पनि व्यवसायीले मुल्य बृद्धि गरेकाले मुल्यबृद्धि फिर्ता नगरे संघले २२ गते शनिबार देखि आफ्ना सम्पुर्ण व्यवसायहरु बन्द गर्ने बताएको छ ।

निर्वाचन अघि ओपीसि सिमेन्टको मुल्य ६ सय २० देखि ६ सय ५० रुपैया सम्म रहेकोमा अहिले ७ सय ५० रुपैया सम्म पुगेको व्यवसायीहरुको भनाई रहेको छ । त्यसैगरी छर्डको हकमा प्रतिकेजी ७२ रुपैया रहेकोमा अहिले ८५ रुपैया रहेको बताइएको छ ।

उद्योगहरुले छड र सिमेन्टको मुल्य बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेका बेला ट्रक व्यवसायीहरुले पनि भाडामा मुल्यबृद्धि गरेर दोहोरो मारमा व्यवसायी र जनतालाई पारेको अध्यक्ष मरासनीको भनाई छ । संघका उपाध्यक्ष बेनानिधी रिजालले उद्योगले बढेकै भाउमा विल समेत नदिएर कालोबजारी गरेको बताएका छन । पुरानै मुल्यमा बलि काट्ने र भनेजति सामान अहिले उद्योग नदिएको उनको भनाई छ ।