रास्ट्रव्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधी घोडाघोडीलाई - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

रास्ट्रव्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधी घोडाघोडीलाई



बौनिया ,कैलाली । तेस्रो राष्ट्रव्यापि खुल्ला भलिबल प्रतियोगिता २०७६ काे उपाधि घोडाघोडी नगरपालिकालेे हात पारेको छ ।

बिहीबार भएको फाइनल खेलमा एल.वाइ.सि अत्तरिया लाई ३-१ काे सेटमा हराउँदै जरहि सामुदायिक बन उपभोक्ता समूह घाेडाघाेडि नगरपालिका- ८ जरहिले उपाधि अाफ्नाे पक्षमा पार्न सफल भएको हाे ।

उपाधि संगै जरहिले नगद ८१ हजार हात पार्दा उप विजेतामा सिमित भएको एल.वाइ.सि अत्तरियाले ५१ हजार नगद प्राप्त गरेकाे छ । साे खेलमा पहिलो सेट एल.वाइ.सिले २५-२१ ले जित्दा त्यस पछि लगातार तीन सेट जरहिले २५-२१,२५-२१ र २५-१५ ले जित्न सफल भएको हाे ।

यस अघि बुधबार तेस्रो स्थानका लागि भएको खेलमा जित हात पार्दै तेस्रो भएको एम.एल एकेडेमी नाैनियाले नगद २५ हजार प्राप्त गर्न सफल भएको छ । साे खेलमा एम.एलले बर्दगाेरिया यूवा क्लब (बि) झगडपुर लाई पराजित गरेकाे हाे ।

यस्तै प्रतियोगिता काे उत्कृष्ट खेलाडी एल.वाइ.सि अत्तरियाका दिनेश चन्द बन्दा,बेस्ट स्पाइकर जरहि सामुदायिक बनका तारा भट्ट ,बेस्ट सर्भर जरहिकै सुरेन्द्र बम,बेस्ट ब्लकर जरहिकै याेगेश शाही बन्दा बेस्ट लिवराे एल.वाइ.सिका विशाल भण्डारी बन्दा बेस्ट सेटर एल.वाइ.सिका हरि बाेहरा बन्न सफल भएका छन् ।

फागुन २३ गते बाट सुरु भएको प्रतियोगितामा कैलाली ,कञ्चनपुर र बर्दियाका गरेर विभिन्न १८ टिमको सहभागिता रहेको थियाे । होलि पर्वको अवसर पारेर साइनिङ्ग स्टार यूवा क्लब बर्दगाेरिया गाउपालिका -३ खैरेनिले तेस्रो राष्ट्रव्यापि खुल्ला भलिबल प्रतियोगिताको आयाेजना गरेको थियो ।