घाइते ललित राजवंशी एसियाड खेल्न नपाउने, शल्यक्रिया हुँदै - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

घाइते ललित राजवंशी एसियाड खेल्न नपाउने, शल्यक्रिया हुँदै



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशी घाइते भएका छन् । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा लडेर ललितको दायाँ हात फ्राक्चर भएको छ ।

उनको आज बीएण्डबी अस्पतालमा शल्यक्रिया गरिँदैछ । शल्यक्रियापछि ललित कम्तीमा ६ देखि १२ साता मैदान बाहिर रहनेछन् । घाइते भएसँगै ललितले १९ औँ एसियाड खेल्न नपाउने भएका छन् । एसियाडमा पुरुष क्रिकेटका खेलहरु २७ सेप्टेम्बरदेखि ८ अक्टोबर सम्म हुँदैछ ।

समूह ‘ए’ मा रहेको नेपालले १० गते बुधबार मंगोलिया र १४ गते मालदिभ्ससँग खेल्दैछ । समूहका शीर्ष टोलीले अन्तिम आठमा स्थान बनाउनेछन् । क्वार्टरफाइनमा भारत, पाकिस्तान, श्रीलंका, बंगालदेशले सिधै स्थान बनाइसकेका छन् ।