रंग र संगीतसंगै मनाउदैछ एडीलेडले होलि - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

रंग र संगीतसंगै मनाउदैछ एडीलेडले होलि



साउथ अस्ट्रेलियाको एडीलेडमा रहेको नेपाली समुदायले रंग , संगित र खानाका परिकारहरुसंगै होलि पर्व मनाउने भएको छ।एडीलेड नेपालको आयोजनामा हुन लागेको तेश्रो मेगा होली फेस्टिभल मार्च ९ तारिकको दिन दिउसो ११ बजे देखि बेलुका ८ बजे सम्म मिचल पार्क रिजर्बमा चल्ने एडीलेड नेपालका अध्यक्ष पुष्कर कोईरालाले बताए ।

नेपाल बाट आउने राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य एण्ड रिदम ब्याण्ड , तृष्णा गुरुङ्ग, अफ्रिकन रुम्बा लाईभ ब्याण्डको प्रस्तुति कार्यक्रममा मुख्य आकर्षण रहनेछ । नेपाल बाट आउने कलाकारसँगै साउथ अस्ट्रेलियामा रहेका गायक छुन्दे दोर्जे , लक्ष्मण गुरुङ ,क्षितिज सापकोटा , प्रजिता गेलाल , लगायतका दर्जन बढी कलाकारहरुको समेत प्रस्तुति रहने छ।

कार्यक्रममा फुड स्टल ,व्यवसाय स्टल र बिबिध मनोरन्जनात्मक कार्यक्रमहरु समेत समाबेश गरिएको अध्यक्ष कोईरालाले बताए । कार्यक्रमको बारेमा बताउदै उनले भने “कार्यक्रम मनोरंजनको लागि भएता पनि यस कार्यक्रमले हाम्रो संस्कृति , परम्परालाई समेत यस कर्म भुमिमा उजागर गर्नुको साथै हुर्कदै गरेको दोस्रो पुस्ताले समेत सिक्ने एउटा अवसरको माध्यम बन्नेछ।” कार्यक्रममा साउथ अस्ट्रेलियाको बहुसाँस्कृतिक समाजको समेत उपस्थिति रहने कोईरालाको विश्वास छ।

दर्शकहरुलाई नि:शुल्क प्रवेश सुबिधा रहेको यस कार्यक्रममा होलिको रंग भने हेल्थ सफ्टीको कारणले गर्दा बाहिर बाट लिएर आउन नपाईने आयोजकले बताएका छन । दर्शकहरुको लागि होलीको रंग आयोजकले नै शुल्क लिएर व्यवस्था गरेको एडीलेड नेपालका सचिब निजन श्रेष्ठले जानकारी दिए । करिब २ हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको उक्त कार्यक्रम संचालन संजय पुरी र निमा टन्डनले गर्नेछन ।