ब्यापक बढ्दै सुनको मूल्य: बन्यो किर्तिमान - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

ब्यापक बढ्दै सुनको मूल्य: बन्यो किर्तिमान



सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो।

गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो।

शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको सुनको मूल्य आइतबार पुन हजार रुपैयाँ बढेर उच्च मूल्य कायम भएको हो।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको छ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले ईरान र अमेरिकाबीचको तनावको असर सुनको मूल्यमा देखिएको बताए।

यस्तै, भारतिय मुद्रा कमजोर भएर डलर महंगो पर्न गई सुनको भाउ वृद्धि भएको उनको तर्क छ।

महासचिव बज्राचार्यले सुनको भाउ अझै बढ्नसक्ने जानकारी दिए।

प्रतितोला चाँदीको मूल्य भने ९ सयमा कारोबार भइरहेको छ।