सुदुरपश्चिम स्पोर्टस अवार्डमा शारदा राईस मिलको साथ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

सुदुरपश्चिम स्पोर्टस अवार्डमा शारदा राईस मिलको साथ



धनगढी, कैलाली । कैलालीको धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको राजपुरमा रहेको शारदा राईस मिलले सहयोग गरेको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष पुरुष खेलाडी विधालाई शारदा राईस मिलले प्रायोजन गरेको हो ।

स्पोर्टस अवार्डमा दिईने ६ वटा विधा मध्येको बर्ष पुरुष खेलाडी विधाको नाम शारदा राईस मिल बर्ष पुरुष खेलाडी हुने भएको छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शारदा राईस मिलका प्रबन्ध निर्देशक तथा युवा व्यवसायी राहुल गुप्ता र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गरेका छन् ।
सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई सम्मान गर्नका लागि हुन गईरहेको अवार्डमा सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गरेको शारदा राईस मिलको प्रबन्ध निर्देशक राहुल गुप्ताले बताए । उनले खेलकुद क्षेत्रका विभिन्न गतिविधिमा सहयोग गर्न आफु सधैं तयार रहेको र त्यसका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

खेलकुद क्षेत्रको विकास लागि युवा व्यवसायीहरुको हातेमालोले आगामी दिनमा खेलकुद क्षेत्रले फड्को मार्ने आशा व्यक्त गर्दै मञ्चका सल्लाहकार दिपक उपाध्यायले शारदा राईस मिललाई प्रायोजन गरेकोमा धन्यवाद ज्ञापन गरे । धनगढी वडा नम्बर १३ मा रहेको शारदा राईस मिलले श्रेजल व्राण्डको चामल उत्पादन गर्दै आएको छ ।

पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ । अवार्ड अन्तर्गतको बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिलले प्रायोजन गरेसँगै अवार्डका पाँच विधाको प्रायोजन भईसकेको छ । बर्ष महिला खेलाडीलाई निसर्ग अस्पताल, वर्ष युवा खेलाडीलाई केटिएम वाईक, बर्ष प्रशिक्षकलाई दिनेश सोप र स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटलले प्रयोजन गरिसकेको अवार्ड कार्यक्रमका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले जानकारी दिए ।

चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने महासचिव पाठकले जानकारी दिए ।