अस्ट्रेलिया पुगे सन्दीप लामिछाने: शुक्रबार हुनेछ टक्कर - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

अस्ट्रेलिया पुगे सन्दीप लामिछाने: शुक्रबार हुनेछ टक्कर



काठमाडौं- सन्दिप लामिछाने अस्ट्रेलियाको मेलवर्न पुगेका छन्। उनि बिगबास लिग खेल्न त्यहाँ पुगेका हुन् ।

आँखाको शल्यक्रिया गरेका सन्दीप सुधार भएपछी बिगबास लिगका लागि बुधबार त्यहाँ पुगेका छन्। अघिल्लो वर्ष बिग बासमा निकै उत्कृष्ट प्रदर्शन गरेका नेपालका स्टार क्रिकेटर सन्दिपले दोस्रो पटक मेलबर्न स्टार्सबाट खेल्ने मौका पाएका हुन्।

पछिल्ला दुई वर्षमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भएका सन्दीपले यो सिजनमा उत्कृष्ट प्रर्दशन गर्ने बिश्वास लिइएको छ। बिगबासमा अघिल्लो सिजनमाझैँ मेलबर्न स्टार्सबाट अनुवन्धन भएका सन्दिपको टोलीले शुक्रबार ब्रिजबेन हिटसँग पहिलो खेल खेल्ने छ।

यस सिजनको पहिलो खेलका लागि आफू तयार रहेको सन्दिपले सुनाएका छन् । आँखाको अप्रेशनपछि आफू अभ्यासमा सरिक भएको र खेल्न सक्ने अवस्थामा रहेको जानकारी दिएका छन्।

पहिलो सिजनमा राम्रो प्रर्दशन गरेका कारण दोस्रो सिजनमा त्यो भन्दा राम्रो परिणामका लागि आफू लागिपर्ने सन्दिपले बताए।