पुस १५ को अवसरमा हाफ म्याराथन प्रतियोगिता - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

पुस १५ को अवसरमा हाफ म्याराथन प्रतियोगिता



महेन्द्रनगर । भीमदत्त नगरपालिकाले दोस्रो जैविक धार्मिक पर्यटकीय मार्ग हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । पुस १५ गते पुसे पन्ध्रको अवसर पारेर भीमदत्तले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो ।

भीमदत्त नगरपालिकालाई खेल पर्यटनका रुपमा विकास गर्नका लागि जैविक धार्मिक पर्यटकीय मार्गमा हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको भीमदत्तका सामाजिक विकास समितिका संयोजक हरकसिह धामी बताउँछन् । ‘भीमदत्तलाई पर्यटकीय गन्तव्य बनाउन नगरपालिका विभिन्न कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘पर्यटन प्रवद्र्धन गरी पर्यटकीय नगर बनाउने लक्ष्य राखेर हाफ म्याराथन प्रतियोगिता आयोजना गरिरहेका छौं ।’ हाफ म्याराथन प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन समेत सहयोग पुग्ने संयोजक धामीको भनाई छ । प्रतियोगिता खुल्ला महिला, खुल्ला पुरुष र कक्षा १२ सम्मका छात्रछात्रालाई सहभागी गराइने उनि बताउँछन ।

प्रतियोगिताको आवश्यक तयारी तिब्र रुपमा भइहरेको उनको भनाई छ । भीमदत्त नगरपालिकाले उत्तरी क्षेत्रमा रौटेलादेखि ब्रह्मदेबसम्म १५ किलोमिटर जैविक धार्मिक पर्यटकीय मार्ग निर्माण गरेको छ । उक्त मार्गमा गत वर्ष पुस १५ गतेका दिन पहिलो पटक हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो ।